आगामी चार वर्षका लागि एकदिवसीय मान्यता कायम राख्न जित्नैपर्ने दबाबमा रहेको युएईको ब्याटिङ धराशायी बनेको छ ।
नेपालले दिएको दुई सय ४९ रनको लक्ष्य पछ्याएको युएईले सातौँ विकेट पनि गुमाएको छ । १८औँ ओभरको तेस्रो बलमा ५१ रनको स्कोरमा युएईले सातौँ विकेट गुमाएको हो ।
युएईको सातौँ विकेट सन्दीप लामिछानेले लिए । जारी म्याचमा यो उनको दोस्रो विकेट हो । उनले तीन बलमा दुई रन बनाएर जावर फरिदलाई बोल्ड आउट गरे ।
यससँगै उनले एकदिवसीय क्रिकेटमा ९३ विकेट लिएका छन् । उनी विश्वकीर्तिमानको नजिक पुगेका छन् । सबैभन्दा चाँडो सय विकेट लिने रसिद खान उनीभन्दा सात विकेटले अगाडि छन् ।
यस्तै, सन्दीपले लिग–२ मा आफ्नो विकेट संख्या ६६ पुर्याएका छन् । उनीभन्दा अगाडि ओमानका विलाल खान छन् । विलालले ३५ खेल खेल्दै ७६ विकेट लिएका छन् । सन्दीपले भने २९ खेलबाट ६६ विकेट लिएका हुन् ।