जरिवानासम्बन्धी प्रावधान संशोधन गर्दै ट्राफिक

मंगलबार, २६ पुष, २०७९
डिजिटल संस्करण

ट्राफिक नियम उल्लंघनका १६ वटा कसुरमा पहिलोपटकमै एक हजार पाँच सय जरिवाना गराउन थालेको उपत्यका ट्राफिक प्रहरीले यससम्बन्धी प्रावधान संशोधन गर्ने भएको छ । त्यसविरुद्ध उजुरी परेको र कानुनअनुसार नभएपछि जरिवानाको दर संशोधन गर्न लागिएको हो । 

यातायात व्यवस्था विभागले दिएको अधिकार प्रयोग गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ३ पुसदेखि १६ वटा कसुरमा एक हजार पाँच सय जरिवाना हुने प्रावधान लागू गरेको थियो । त्यो प्रावधान सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ सँग बाँझिएपछि संशोधन गर्न लागिएको हो । सो दफामा २० वटा कसुरमा सुरुमा पाँच सय, दोस्रोपटक एक हजार र तेस्रोपटक एक हजार पाँच सय जरिवाना गर्ने प्रावधान छ ।

अब त्यहीअनुसार जरिवाना प्रणाली लागू गर्न लागिएको छ । त्यसका लागि तयारी भइरहेको ट्राफिक कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले बताए । ‘अहिलेलाई एक हजार पाँच सय नै जरिवाना छ,’ उनले भने । ०७५ सालमा विभागले १६ वटा कसुरमा अधिकतम जरिवाना गर्न ट्राफिक प्रहरीलाई अधिकार प्रत्यायोजन गरेको थियो । सो प्रावधान हालै कार्यान्वयन भएपछि सर्वसाधारणले यातायात व्यवस्थापन विभागमा उजुरी गरेका थिए ।

See More On

सुझावित समाचार