नियासिन भिटामिन अर्थात् भिटामिन बी ३ ले मुटु स्वस्थ राख्छ र हृदयाघातको जोखिम कम गर्छ । यसले कोलेस्ट्रोलको मात्रा घटाउन सहयोग गर्छ । सिआरपी (सी–रियाक्टिभ प्रोटिन) घटाउँछ, जसकारण रक्तनलीमा फ्याट जम्मा हुन पाउँदैन र रक्तसञ्चार राम्रो हुन्छ ।
दूध, मासु, माछामा नियासिन अर्थात् भिटामिन बी ३ प्रचुर मात्रामा पाइन्छ । यसले राम्रो कोलेस्ट्रोल बढाउँछ र नराम्रो कोलेस्ट्रोल घटाउँछ । लिपो प्रोटिन १०–३० प्रतिशतले घटाउँछ ।
नियासिन भिटामिनका अन्य फाइदा यस्ता छन् :
ब्लडप्रेसर घटाउँछ : यस भिटामिनले प्रोसटाग्लनन्डिन भन्ने केमिकल निकाल्छ, जसले हाम्रा रक्तनलीहरूलाई फराकिलो बनाएर रक्तसञ्चार राम्रो गराउँछ ।
मस्तिष्कको कार्यक्षमता बढाउँछ : हाम्रो मस्तिष्कलाई सञ्चालन गर्न आवश्यक शक्ति पनि नियासिन भिटामिनमा पाइन्छ । यस भिटामिनले ब्रेन फग र अन्य विभिन्न मानसिक रोगहरू लाग्नबाट बचाउँछ । अल्जाइमर्सजस्ता रोग लाग्नबाट जोगाउन पनि यसले महत्वपूर्ण भूमिका खेल्छ ।
छाला स्वस्थ राख्छ : नियासिनले घामका सेलहरू नष्ट हुन दिँदैन । छालामा हुने क्यान्सरबाट जोगाउन भूमिका खेल्छ ।