लिबियामा अज्ञात व्यक्तिका १८ शव फेला

सोमबार, १८ पुष, २०७९
डिजिटल संस्करण

लिबियामा अज्ञात व्यक्तिका १८ शव भेटिएका छन्। यहाँका अधिकारीले लिबियाको उत्तरी तटीय सहर सिर्तेमा अज्ञात व्यक्तिका १८ वटा शव भेटिएकाे आइतबार पुष्टि गरेका छन्। 

सिर्ते सबा क्षेत्रमा गत हप्ता ती शव भेटिएपछि सरकारी अस्पताल लगिएको छ। साथै, त्यहाँको सरकारले बेपत्ता व्यक्तिहरूको खोजी तथा शव पहिचानका लागि प्रयोगशालामा अनुसन्धान भइरहेको जानकारी गराएको छ। गत अक्टोबर महिनामा पनि सिर्ते क्षेत्रकै एक सरकारी विद्यालयमा गाडिएको अवस्थामा ४२ वटा शव फेला परको थियो।

सन् २०१६ मा सिर्ते सहरबाट विस्थापित गर्नुअघि सो सहरमा यहाँका स्लामिक स्टेट अतिवादीहरूले कब्जा जमाएका थिए। सोही समयमा कैयौँ व्यक्तिको हत्या पनि भएको थियो। पछिल्लो समयमा भेटिने गरेका अज्ञात शवहरू उनीहरूले नै हत्या गरेकाे हुन सक्ने अनुमान यहाँको प्रहरीले गर्ने गरेको छ।

See More On

सुझावित समाचार