हुस्सुका कारण त्रिभुवन विमानस्थलमा उडान प्रभावित

बिहिबार, ७ पुष, २०७९
डिजिटल संस्करण

काठमाडौं उपत्यकामा आज बिहानैदेखि हुस्सु/कुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएका छन् । बिहानैदेखि यहाँबाट हुँदै आएका बाह्य तथा आन्तरिक उडान प्रभावित बनेका छन् ।

विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बिहान केही विमान अवतरण हुन सके पनि त्यसपछि बाह्य र आन्तरिक उडान हुन नसकेको बताए ।  खराब मौसमका कारण केही विमानलाई डाइभर्ट गरिएको छ । मौसममा सुधार आएपछि नियमित रूपमा विमान उडान हुने महाप्रबन्धक ठाकुरले जानकारी दिए । 
 

सुझावित समाचार