कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय कार्यसमितिको निर्वाचन दिउँसो १ बजेदेखि

निर्वाचन व्यवस्थापनबारे निर्वाचन समितिले ११:३० बजे सभापति, उपसभापति र महामन्त्रीका सबै उम्मेदवारहरूसँग निर्वाचन कार्यालयमा छलफल गर्दै

बिहिबार, २२ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनको मतदान प्रक्रिया केही समय ढिलाइ हुने भएको छ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले आज एक प्रेस विज्ञप्ति जारी गर्दै प्राविधिक कारणवश मतदानको समय परिवर्तन भएको जानकारी गराएको हो।

विज्ञप्तिमा उल्लेख भएअनुसार, आज बिहान १०:०० बजेदेखि सुरु गर्ने भनिएको निर्वाचनको मतदान प्रक्रिया प्राविधिक कारणले ढिलाइ हुन गएकाले आज दिउँसो १:०० बजेदेखि ज्येष्ठ मतदाताबाट मतदानको प्रक्रिया सुरु हुनेछ।

केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालद्वारा हस्ताक्षरित सूचनामार्फत सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि महानुभावहरूलाई निर्धारित नयाँ समयअनुसार उपस्थित भई मतदान प्रक्रियामा सहभागी हुन सूचित गरिएको छ।

यसैबिच, निर्वाचन व्यवस्थापनबारे निर्वाचन समितिले ११:३० बजे सभापति, उपसभापति र महामन्त्रीका सबै उम्मेदवारहरूसँग निर्वाचन कार्यालयमा छलफल गर्न लागेको निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए।

null

सुझावित समाचार