लोकसेवाको वैकल्पिक सूचीमा रहेका इन्जिनियरलाई महानगरले करारमा राख्ने

मंगलबार, २० मंसिर, २०७९
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले लोकसेवा आयोगको वैकल्पिक सूचीमा नाम रहेका इन्जिनियरलाई करारमा नियुक्ति दिने भएको छ।

महानगरले मंगलबार एक सूचना जारी गर्दै लोकसेवाले आर्थिक वर्ष ०७९/८० मा प्रकाशित गरेको विभिन्न १५ वटा विज्ञापनमा वैकल्पिक सूचीमा रहेका इन्जिनियरलाई नियुक्त गर्ने जनाएको छ। महानगरले सिभिल, आर्किटेक्ट, इलेक्ट्रिकल र स्ट्रक्चर इन्जिनियरलाई करारमा नियुक्त गर्न लागेको हो। 

सुझावित समाचार