मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ २० शनिबार
  • Saturday, 03 June, 2023
तस्बिर : राेयटर्स
रासस मनिला
२०७९ कार्तिक १४ सोमबार १३:२२:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

फिलिपिन्समा आँधीबाट ज्यान गुमाउनेको संख्या ९८ पुग्यो

Read Time : < 1 मिनेट
रासस, मनिला
२०७९ कार्तिक १४ सोमबार १३:२२:००

फिलिपिन्समा  पाएङ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या ९८ पुगेको छ। यहाँको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार आँधीमा परी ६९ जना घाइते भएका छन् भने ६३ जना बेपत्ता भएका छन्।

आँधीका कारण राजधानी मेट्रो मनिलासहित १७ क्षेत्रका ३१ हजार नाै सय ४२ गाउँका १८ लाख १२ हजार सात सय ४० जना प्रभावित भएका मनिला टाइम्सले जनाएको छ।

कम्तीमा एक लाख १३ हजार चार सय आठ हेक्टर कृषि क्षेत्र प्रभावित भएको छ भने ११ हजार सात सय ६१ मेट्रिक टन उत्पादनमा नोक्सानी भएको छ। आठ हजार ६ सय आठ किसान र माछुवारा प्रभावित भएका बताइएको छ। 

मिमारोपा, विकोल क्षेत्र, पश्चिमी भिसायास, जाम्बोनागा प्रायद्वीप, दक्षिणी कोटाबाटो, सुल्तान कुदारत, साराङगानी र सान्तोस सहर अधिक प्रभावित भएका छन्। यी स्थानका धान, मकैका साथै अन्य बालीमा पनि क्षति पुगेको छ।