Skip This
रुसलाई हतियार नपठाएको इरानको दाबी
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज २२ शनिबार
  • Monday, 15 September, 2025
रासस तेहरान
२o७९ असोज २२ शनिबार १२:५३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

रुसलाई हतियार नपठाएको इरानको दाबी

Read Time : < 1 मिनेट
रासस, तेहरान
नयाँ पत्रिका
२o७९ असोज २२ शनिबार १२:५३:oo

इरानले रुसलाई हतियार नपठाएको स्पष्ट पारेको छ। रुस र युक्रेनको द्वन्द्वको संकटका बेला इरानले रुसलाई हतियार सहयोग गरेको बताइएको थियो। सो सूचनाको खण्डन गर्दै इरानले रुसलाई हतियार नपठाएको स्पष्ट गरेको हो।

इरानका विदेशमन्त्री अमिर अब्दुल्लाहिनले उनका फिनिस समकक्षीसँगको फोनवार्ताका क्रममा सो कुरा बताएका हुन्। अब्दुल्लाहले आफ्ना फिनिस समकक्षी पेका हाभिस्तोसँग रुस-युक्रेन युद्धका क्रममा इरानले रुसलाई हतियार नदिएको र आगामी दिनमा पनि हतियार पठाउने कुनै योजना नरहेको बताएका इरानी विदेश मन्त्रालयले जनाएको छ।

युक्रेनले यसअघि पनि रुसलाई इरानले हतियार पठाएको बताउँदै आएको थियो। हालै मात्र युक्रेनका विदेशमन्त्रीले इरानको यो व्यवहार युक्रेनसँगको शत्रुतापूर्ण व्यवहार रहेको बताएका थिए।

यस वर्षको सुरुवातदेखि नै रुसले युक्रेनमाथि हमला गर्दै आएको छ। सो हमलाको अमेरिका, बेलायत, फ्रान्सलगायत पश्चिमा देशहरूले कडा विरोध गर्दै आएका छन्।