१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार ११:११:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सन्दीप लामिछाने स्वदेश फिर्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार ११:११:oo

बालिका बलात्कारकाे आराेप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछाने स्वदेश फर्किएका छन्। कतार एयरवेजको विमानबाट आज बिहान उनी स्वेदेश फर्किएका हुन्। स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीमाथि गत भदौ २१ मा बालिका बलात्कारको आराेप लागेकाे थियाे। त्यतिवेला सन्दीप क्यारेबियन लिग खेल्न नेपाल छाेडिसकेका थिए।  उनीविरुद्ध नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो। 

आफूविरुद्ध जाहेरी परेपछि केही समय सम्पर्कविहीन भएका सन्दीपले आज स्वदेश फर्किन लागेको जानकारी सामाजिक सन्जालमार्फत गराएका थिए। 

ad
ad