१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार o७:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o७:o९:oo

जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो २३औँ वार्षिकोत्सव देशव्यापी रूपमा विभिन्न कार्यक्रम गरी मनाएको छ ।

कम्पनीले रक्तदान कार्यक्रममार्फत कोशी प्रदेशको दमकमा ३९, मधेश प्रदेशको वीरगन्जमा ३२, जनकपुरमा ३४, बागमती प्रदेशको नारायणघाटमा ४३, हेटौँडामा ३२, ललितपुरमा ३८, काठमाडौंमा ७०, गण्डकी प्रदेशको पोखरामा ४१, लुम्बिनी प्रदेशको बुटवलमा २५, कोहलपुरमा ३८, सुदूरपश्चिमकोे महेन्द्रनगरमा ३२ र धनगढीमा ३३ गरी कुल चार सय ५७ पिन्ट रगत संकलन गरेको छ ।

साथै, कम्पनीले केन्द्रीय कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, कर्णाली प्रदेशको सुर्खेतमा रहेको बादी सरोकार मञ्च नेपाललाई हजार लिटरको पानीट्यांकी प्रदानसमेत गरेको जनाएको छ । त्यस्तै, धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको हरियाली प्रवर्द्धन कार्यक्रमलाई सयवटा वृक्ष रोप्न पाँच लाख रुपैयाँको आर्थिक सहयोग तथा कम्पनीले आफ्ना एक सय ८५ वटै शाखामा वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरेको जनाएको छ ।

ad
ad