१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार o७:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

कर्णाली प्रदेशकै पहिलो चारतारे होटेल बन्यो सुर्खेतको सिद्धार्थ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o७:o५:oo

सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित ‘सिद्धार्थ होटेल’ कर्णाली प्रदेशकै पहिलो चारतारे होटेल बनेको छ । 

पर्यटन विभागले होटेललाई चारतारे होटेलमा स्तर वर्गीकरण गरेको हो । होटेलले यसअघि खाद्य व्यवस्था तथा गुणस्तर विभागबाट अतिउत्तम वर्गको समेत वर्गीकरण पाएको थियो । 

सुविधासम्पन्न उक्त होटेलमा चार स्विट, ४५ डिलक्स र १५ वटा स्ट्यान्डर्ड प्रकृतिका कोठा रहेका छन् । साथै, चारवटा कन्फ्रेन्स हल, ६ सयजनाभन्दा बढी क्षमताको ब्यांक्वेट हल, पुलबार रेस्टुरेन्टको मज्जासमेत होटेलमा लिन सकिने बताइएको छ । 

यस्तै, फिटनेस क्लब, स्पा, साउना, स्टिम, जिम, स्विमिङ पुल, ब्युटिपार्लरलगायत सुविधासमेत होटेलमा समावेश छन् । 

०७२ सालदेखि सञ्चालनमा आएको यस होटेलमा ७० जनाले प्रत्यक्ष रोजगारी पाइरहेको क्षेत्रीय निर्देशक केशव न्यौपानेले जानकारी दिए । २६ वर्षअघि टीकापुरबाट व्यवसाय सुरु भएको सिद्धार्थ हस्पिटालिटीले हाल लक्जरी रिसोर्ट, पाँचतारे होटेल र विभिन्न स्ट्यान्डर्डका होटेल तथा क्याफे गरी देशैभर सेवा सञ्चालन गरिरहेको छ ।

पूर्वमा बिर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म फैलिएको यस हस्पिटालिटीले दुई हजारभन्दा बढी जनशक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी दिँदै आएको छ ।

ad
ad