१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँदिल्ली
२o८१ जेठ ५ शनिबार o९:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

लोकसभा निर्वाचन अवलोकन गर्न २३ देशका प्रतिनिधि भारत जाने

Read Time : < 1 मिनेट
नयाँदिल्ली
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o९:१२:oo

लोकसभा निर्वाचन अवलोकन गर्न २३ देशका प्रतिनिधि भारत जाने भएका छन् । भारतको निर्वाचन आयोगले २३ देशका ‘निर्वाचन व्यवस्थापन निकाय’ (इएमबिएस) बाट ७५ अन्तर्राष्ट्रिय आगन्तुकलाई विश्वको सबैभन्दा ठूलो चुनावको अवलोकन गर्न आमन्त्रित गरेको छ ।  

सहभागिताको मात्रा र परिमाणका हिसाबले यो अभ्यास पहिलो भएको निर्वाचन आयोगले जनाएको छ । नेपाल, भुटान, मंगोलिया, अस्ट्रेलिया, मडागास्कर, फिजी, किर्गिज गणतन्त्र, रुस, माल्डोभा, ट्युनिसिया, सेसेल्स, कम्बोडिया, फिलिपिन्स, श्रीलंका, जिम्बावे, बंगलादेश, काजकिस्तान, जर्जियालगातय २३ देशका इएमबिएस र संगठनको प्रतिनिधित्व हुनेछ ।

यी २३ राष्ट्रका साथमा इन्टरनेसनल फाउन्डेसन फर इलेक्टोरल सिस्टम्स (आइएफइएस) का सदस्य तथा भुटान र इजरायलका मिडिया टोली पनि सहभागी हुनेछन् । भारतको निर्वाचन निकायले उच्च मापदण्डको आमचुनाव गराउने आफ्नो प्रतिबद्धताको उदाहरण दिने र इएमबिएसलाई लोकतान्त्रिक उत्कृष्टताको प्रत्यक्ष साक्षीका लागि सुनौलो पुल प्रदान गर्ने भनेको छ ।

जारी लोकसभा चुनावको समयमा ‘चुनावी आगन्तुक कार्यक्रम’ (आइइविपी) आयोजना गरेर अन्तर्राष्ट्रिय सहयोगलाई बढावा दिइरहेको भारतको निर्वाचन आयोग (इसिआई) ले एक विज्ञप्तिमार्फत जनाएको छ । मे ४ मा सुरु हुने कार्यक्रमले विदेशी इएमबिएसलाई भारतको निर्वाचन प्रणालीका सूक्ष्मताका साथै विश्वको सबैभन्दा ठूलो लोकतन्त्र (भारत) ले प्रयोग गर्ने उत्कृष्ट अभ्यासबारे परिचित गराउन खोजेको इसिआईले जानकारी दिएको छ  । 

प्रमुख निर्वाचन आयुक्त राजीवकुमार तथा निर्वाचन आयुक्तद्वय ज्ञानेशकुमार र डा सुखवीर सिंह सन्धुले मे ५ मा प्रतिनिधिहरूलाई सम्बोधन गर्नेछन् । अप्रिल १९ देखि सुरु भएको निर्वाचन सात चरणमा र लोकसभा चुनाव जुन १ मा सम्पन्न हुनेछ ।

ad
ad