Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १८ बिहीबार
  • Thursday, 05 October, 2023
२०७९ भदौ ६ सोमबार २०:५२:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

रुस-युक्रेन युद्धमा ९ हजार युक्रेनी सेना मारिए

Read Time : < 1 मिनेट
२०७९ भदौ ६ सोमबार २०:५२:००

रुसले युक्रेनमा आक्रमण गरेदेखि हालसम्म करिब ९,००० युक्रेनी सैनिकहरू मारिएको बताइएको छ। ६ महिनादेखि रुस-युक्रेन युद्ध जारी छ।

युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले यसैबीच स्पेनमा पत्रकारहरूबीच संघले युक्रेनका सेनालाई सैन्य प्रशिक्षण दिने विचार गरिरहेको बताएका छन्।
युक्रेनका कमान्डर-इन-चिफ जनरल भ्यालेरी जालुज्नीले यस विषम परिस्थितिमा बालबालिकाहरूको हेरचाहमा विशेष ध्यान दिनुपर्ने बताएका छन्। थुप्रै बालबालिकाका अभिभावकहरू युद्ध मैदानमा छन्। तीमध्ये कतिपय त मारिएका छन्। बालबालिकाको पालनपोषण र शिक्षादीक्षामा गम्भीर समस्या देखिएको छ। जारी युद्धका बीच यही बुधबार युक्रेनले आफ्नो स्वतन्त्रता दिवस मनाउँदै छ।  

मस्कोको सेनाले राजधानी किभ कब्जा गर्ने तयारी गरे पनि असफल भएपछि युक्रेनको पूर्वी भूमि नियन्त्रणमा लिन आफ्नो ध्यान केन्द्रित गरेको छ। ६ महिनादेखि जारी रुस-युक्रेन युद्धले ऊर्जा, इन्धन र खाद्यान्नको मूल्य आकासिएको छ र विश्वभर युद्धको झट्का महसुस भइरहेको छ।

यसैबीच रुसको एफएसबी सुरक्षा सेवाले सोमबार मस्कोको बाहिरी इलाकामा शनिबार भएको कार बम विष्फोटमा युक्रेनको हात रहेको आरोप लगाएको छ। सो विष्फोटमा परी कट्टर रुसी विचारधाराका नेता अलेक्ज्यान्डर डगकी छोरी डारिया डुगिना मारिएकी छिन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मृतकका परिवारप्रति समवेदना सन्देश पठाउँदै 'घृणित अपराध' भन्दै उक्त घटनाको निन्दा गरेका छन्।