१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
क्रिमिया
२०७९ भदौ १ बुधबार १०:०४:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

अर्काे रुसी हतियार भण्डारमा विस्फोट 

Read Time : < 1 मिनेट
क्रिमिया
२०७९ भदौ १ बुधबार १०:०४:००

रुसको नियन्त्रणमा रहेको क्रिमियाको माइसखोय गाउँमा रहेको एउटा रुसी हतियार भण्डार मंगलबार विस्फोटमा परी ध्वस्त भएको छ । यो हतियार भण्डार विस्फोटनमा युक्रेनको हात रहेको ठानिएको छ ।

एकै सातामा रुस नियन्त्रित प्रायद्वीपमा भएको यस्तो प्रकारको घटना दोस्रो हो । रुसी रक्षामन्त्रीले यो सुनियोजित हर्कत भएको अरोप लगाएका छन् । विस्फोटपछि यो क्षेत्रबाट दुई हजारलाई अन्यत्र सारिएको रुसी समाचार संस्थाले जनाएको छ । 

एक साताअघि यसै क्षेत्रमा रहेको रुसी वायुसेनाको अखडामा युक्रेनले रकेट प्रहार गरी ठूलो क्षति पुर्‍याएको थियो । सो विस्फोटमा रुसका सातभन्दा बढी युद्धविमान ध्वस्त भएका थिए । यसैगरी, एउटा छुट्टै घटनामा एउटा पावर सबस्टेसन र रेलमार्ग पनि ध्वस्त भएको जनाइएको छ ।

तर, युक्रेनले अहिलेसम्म यी कुनै पनि आक्रमण आफूले गरेको स्वीकार गरेको छैन । तर, राष्ट्रपतिको कार्यालयका सल्लाहकार मेखाइलो पोडोलायकले भने यसलाई दुर्घटना नभई ‘डिमिलिटराइजेसनको कार्य’ भनेका छन् ।