१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
एजेन्सी मस्को
२०७९ भदौ १ बुधबार ००:०२:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

रुसमा ६० घर जलेर नष्ट

Read Time : < 1 मिनेट
एजेन्सी, मस्को
२०७९ भदौ १ बुधबार ००:०२:००

रुसमा कम्तीमा ६० घर जलेर नष्ट भएका छन् । जंगलमा आगलागी हुँदा ती घरहरूमा पनि आगलागी भएर जलेको अधिकारीहरूले जानकारी दिएका छन् ।

देशको दक्षिण क्षेत्रमा पर्ने रोस्तोभ भन्ने ठाउँमा मंगलबार आगलागी भएर क्षति भएको जनाइएको छ । मान्छे बस्दै आएको घरहरू जले पनि कुनै मानवीय क्षति भएको विवरण भने अहिलेसम्म नआएको अधिकारीहरूको भनाइ छ ।

देशको उस्त डोनेत्स्क जंगलमा गत सोमबारदेखि आगलागी भएको थियो । घटनास्थल रोस्तोभ क्षेत्रको उत्तरपूर्वी क्षेत्रमा पर्दछ । आगलागीबाट तीन गाउँ प्रभावित भएको आपतकालीन व्यवस्था मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन् ।

आगलागीका कारण कैयौँ व्यक्ति विस्थापित भएका छन् । उनीहरूलाई राहत तथा सहयोगको आवश्यकता रहेको बताइएको छ । अत्यावश्यक सेवा तथा सामग्री उनीहरूलाई उपलब्ध गराउने कार्य भइरहेको पनि अधिकारीहरूले बताएका छन् ।   

आगलागी नियन्त्रणका लागि दुई अग्नि नियन्त्रक विमान, एउटा हेलिकोप्टर,तीन सयभन्दा बढी अग्नि नियन्त्रकलगायत परिचालन गरिएको थियो ।
(रासस–सिन्ह्वा)