मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ श्रावण २९ आइतबार
  • Friday, 14 August, 2026
२o७९ श्रावण २९ आइतबार २o:o६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

रुस्दीको स्वास्थ्य सुधारोन्मुख, भेन्टिलेटरबाट निकालियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण २९ आइतबार २o:o६:oo

विश्वचर्चित लेखक सलमान रुस्दीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ। उनको स्वास्थ्य स्थिर भएसँगै उहाँलाई चिकित्सकले भेन्टिलेटरबाट निकालेर सामान्य शय्यामा उपचार गरिरहेका छन्। उनी बोल्न पनि थालेका छन्।

रुस्दीका साथी आतिश तासिरले उनले ख्यालठट्टा गर्न थालेको सामाजिक सञ्जालमा लेखेका छन्। विवादास्पद ‘सटानिक भर्सेस’का ७५ वर्षीय लेखकमाथि गत शुक्रबार पश्चिमी न्युयोर्कमा शुक्रबार आयोजित एक प्रवचन कार्यक्रममा २४ वर्षीय हादी माटरले चक्कु प्रहार गरी हत्याको दुष्प्रयास गरेका थिए। माटरले उनको घाँटी, पेट र हातमा चक्कुले प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए।