मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७९ श्रावण २५ बुधबार २१:४८:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

दक्षिण कोरियामा वर्षाका कारण नौजनाको मृत्यु, सात बेपत्ता

Read Time : < 1 मिनेट
२०७९ श्रावण २५ बुधबार २१:४८:००

दक्षिण कोरियामा अत्यधिक वर्षाका कारण कम्तीमा थप नौजनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले वर्षापछिका घटनामा परी अरू सातजना बेपत्ता भएको जानकारी दिएका छन् । देशको राजधानी सोल र आसपासका क्षेत्रमा नै यस्ता घटना भएका हुन् ।
  
बुधबारसम्ममा ५०० मिलिमिटर वर्षा भएको मौसम विभागका अधिकारीहरूले जानकारी दिए । मृत्यु भएकामध्ये एकजना चिनियाँ नागरिक रहेको दक्षिण कोरियास्थित चिनियाँ दूतावासले जनाएको छ । स्थानीय समयअनुसार मंगलबार दिउँसो ४ः२३ मा ग्येयोङी प्रान्तमा ती व्यक्तिको पहिरोमा परी मृत्यु भएको हो ।वर्षापछिका घटनाका कारण सोल र ग्येयोङीका क्षतिग्रस्त ३९८ घरका ५७० जना विस्थापित भएका छन् । उनीहरूलाई विभिन्न आश्रय स्थलमा लगेर राखिएको छ ।

अहिले दक्षिण कोरियामा देशभरि गरेर कुल एक हजार २५३ जना वर्षाका कारण विस्थापित भएका छन् । उनीहरू ७२४ घरका हुन् । वर्षाका कारण दुई हजार ६०० घर क्षतिग्रस्त भएका छन् भने धेरै सवारीसाधन डुबानमा परेका छन् । वर्षाले सडक, विद्युत्, सञ्चारलगायतका सेवाहरूलाई पनि प्रभावित पारेको अधिकारीहरूले जनाएका छन् । कतिपय ठाउँमा ती सेवा अवरुद्ध भएका छन् । सेवा सुचारु गर्नका लागि प्रयास भइरहेको अधिकारीहरूको भनाइ छ । रासस/सिन्ह्वा