Skip This
भारतमा मंकिपक्स संक्रमण पुष्टि, एक युवकको मृत्यु
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण १६ सोमबार
  • Tuesday, 16 September, 2025
२o७९ श्रावण १६ सोमबार २o:२७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारतमा मंकिपक्स संक्रमण पुष्टि, एक युवकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण १६ सोमबार २o:२७:oo

दुई दिन पहिले भारतको दक्षिणी राज्य केरलामा मृत्यु भएका एक युवकलाई मंकीपक्स संक्रमण पुष्टि भएको छ। हालै संयुक्त अरब इमिरेट्स (युएई) बाट केरला आएका २२ वर्षीय युवकको शनिबार मृत्यु भएको हो।

उनको मृत्युपछि परीक्षण गरिएको नमुनामा भाइरस भेटिएको केरलाका स्वास्थ्यमन्त्री विणा जर्जले पुष्टि गरे। मंकिपक्स संक्रमिण पुष्टि भएका मृतक युवकको सम्पर्कमा आएका बीसजनालाई ‘उच्च जोखिम’ को रूपमा वर्गीकृत गरी चिकित्सकको निगरानीमा राखिएको छ। 

केरलामा भाइरस संक्रमणबाट मानिसको मृत्यु भएपछि राज्य सरकारले उनको मेडिकल रिपोर्ट चेकजाँच गर्न उच्चस्तरीय समिति गठन गरेको जनाएको छ। विश्वका विभिन्न देशमा मंकिपक्स भाइरस फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले गत महिना मंकिपक्स भारइरसको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटका रूपमा घोषणा गरेको थियो।