१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण १२ बिहीबार ०६:४४:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपालको लगातार दोस्रो जित : श्रीलंका ३–० ले पराजित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण १२ बिहीबार ०६:४४:००

यसअघि सोमबारको खेलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको थियो । उक्त खेलमा माल्दिभ्स ४–०ले पराजित भएको थियो । 
नेपालले दुई खेलबाट ६ अंक जोडेको छ । अब आइतबार नेपालले भारतको सामना गर्नेछ । फाइनल ५ अगस्टमा हुनेछ ।

 

नेपाली राष्ट्रिय यू–२० टोलीले साफ यू–२० च्याम्पियनसिपअन्तर्गत बुधबार श्रीलंकालाई ३–० ले पराजित गरेको छ । प्रतियोगितामा लगातार दोस्रो जितका साथ नेपाल फाइनलनजिक पुगेको छ । नेपाल अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । नेपालले दुई खेलबाट ६ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको बंगलादेशले पनि ६ अंक बटुलेको छ । गोलअन्तरमा नेपालले बंगलादेशलाई पछि पारेको हो । भारत, माल्दिभ्स र श्रीलंकाले अंकको खाता खोलेका छैनन् । लिग चरणपछि शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । नेपालले अब आइतबार भारतको सामना गर्नेछ । फाइनल ५ अगस्टमा हुनेछ ।

भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा नेपाललाई दोस्रो जित दिलाउने क्रममा कप्तान आयुष घलान, कृतिशरत्न छुन्जू र मनग्य नकर्मीले एक–एक गोल गरेका थिए । नेपाल र श्रीलंकाबीच पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । मुख्य प्रशिक्षक मेघराज केसीले मध्यान्तरपछि खेल रणनीति परिवर्तन गरेका थिए । दोस्रो हाफमा नेपाली खेलाडी आक्रामक रूपमा प्रस्तुत भए । 

खेलको ५९औँ मिनेटमा कप्तान आयुषले नेपाललाई १–० को अग्रता दिलाए । अभिषेक वाइबाको क्रसमा आयुषले गोल गरे । आयुषले डिबक्सभित्र वान टचमै गोल गरेका हुन् । कृतिशले खेलको ६५औँ मिनेटमा नेपाललाई २–० को स्थितिमा ल्याए । कृतिशले कप्तान आयुषको पासमा गोल गरेका हुन् । आयुषले डिबक्सभित्र कृतिशलाई सटिक पास दिए । कृतिशले वान टचमै क्रसबारमा गोल गरे । खेलको ८०औँ मिनेटमा नेपाल ३–० ले अघि रह्यो । मनग्यले सुगम सुवालको पासमा गोल गरेका हुन् । खेलको अन्तिम इन्जुरी समयमा गोलरक्षक ईश्वर गुरुङले श्रीलंकाली खेलाडी मुन्सिफको सशक्त प्रयासलाई विफल पारे ।

 यसअघि खेलको २३औँ मिनेटमा मुहमेधु मुन्सिफले श्रीलंकालाई अग्रता दिलाउने मौका खेर फाले । उनले वन भर्सेस वनको अवस्थामा समेत गोल गर्न सकेनन् । मुन्सिफको प्रहार बारमा लागेको थियो । खेलको २९औँ मिनेटमा भएको नेपालको एक गोललाई रेफ्रीले मान्यता दिएनन् । खेलको ४४औँ मिनेटमा कप्तान आयुषको लामो फ्रिकिकमा सुवालले प्रहार गरेको हेडिङ क्रसबारमाथि गएको थियो । नेपाल र श्रीलंकाबीचको खेलमा पटक–पटक फ्लड लाइट बन्द भएको थियो । खेलको ५२औँ मिनेटमा श्रीलंकाली खेलाडी मोहमद साहिलको हेडिङ बारमा लागेको थियो । 

 साविक विजेता भारत पराजित 
भुवनेश्वरको कालिंगा रंगशालामा बुधबार भएको पहिलो खेलमा बंगलादेशले प्रतियोगिताकै साविक विजेता भारतलाई २–१ ले पराजित गरेको छ । बंगलादेशले पनि प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको हो । बंगलादेशलाई महŒवपूर्ण जित दिलाउने क्रममा मोहम्मद अहमद नोभाले दुई गोल गरेका थिए । भारतका लागि हिमांशु झांग्राले एक गोल फर्काएका थिए । नोभाले २९औँ मिनेटमा बंगलादेशलाई १–० को अग्रता दिलाए । खेलको ३५औँ मिनेटमा हिमांशुले भारतलाई १–१ को बराबरीमा ल्याए । पहिलो हाफको इन्जुरी समयमा नोभा बंगलादेशलाई २–१ को अग्रता दिलाउन सफल भए । यसअघि बंगलादेशले श्रीलंकालाई १–० ले हराएको थियो ।