मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असार ४ शनिबार
  • Friday, 14 August, 2026
२o७९ असार ४ शनिबार १७:२३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

ऊर्जा बचतका लागि बंगलादेशमा बेलुकी ८ बजेपछि बजार बन्द गर्नुपर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार ४ शनिबार १७:२३:oo

बंगलादेशमा बेलुकी ८ बजेपछि बजार बन्द गर्नुपर्ने व्यवस्था गरिएको छ। प्रधानमन्त्री शेख हसिनाले बेलुका ८ बजेपछि सबै पसल तथा व्यवसायिक प्रतिष्ठानहरू बन्द गर्न आग्रह गरेकी छिन्। यो नियम देशैभरि लागू गर्न पनि उनले अनुरोध गरेकी छिन्।

प्रधानमन्त्रीको निर्देशनमा प्रधानमन्त्री कार्यालयका महानिर्देशक महमद अहसान किब्रिया सिद्धिकीले शुक्रबार सूचना जारी गर्दै ८ बजेसम्म मात्रै बजार खुला गर्न आग्रह गरे। ऊर्जा तथा पेट्रोलियम पदार्थको खपत न्यूनीकरण गर्ने उद्देश्यले राति ८ बजेपछि पसल तथा बजार बन्द गर्न आग्रह गरिएको सरकारी अधिकारीहरूले जनाएका छन्।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विश्वव्यापी समस्याको रूपमा देखिएकाले पेट्रोलियम पदार्थको बचतका लागि विभिन्न देशमा विभिन्न उपायहरू अपनाउने गरिएको छ।  

पेट्रोलियम पदार्थको अभावका कारण मूल्यवृद्धिसमेत हुने गरेकाले त्यसको नियन्त्रणका लागि पनि यसको प्रयोग कम गर्नुपरेको हो। बेलुका चाँडै बजार बन्द गर्दा विद्युत् तथा पेट्रोलियम पदार्थको खपत घट्ने र व्यापार घाटा पनि कम हुने अपेक्षा सरकारले गरेको छ। रासस/सिन्ह्वा