मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ जेठ १९ बिहीबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका न्यूयोर्क
२o७९ जेठ १९ बिहीबार १३:३७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

नाम बदल्ने टर्कीको अनुरोध संयुक्त राष्ट्रसंघद्वारा अनुमोदन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, न्यूयोर्क
नयाँ पत्रिका
२o७९ जेठ १९ बिहीबार १३:३७:oo

संयुक्त राष्ट्रसंघले बुधबार टर्कीको नाम बदल्न गरिएको अनुरोधलाई स्वीकृत गरेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफेन डुजारिकले नामकाे हिज्जे परिवर्तन गर्ने उक्त प्रस्ताव स्वीकृत भएको जानकारी दिए।

टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुबाट राष्ट्रसंघ प्रमुखलाई देशको नाम परिवर्तन गर्न अनुरोध गरेको पत्र प्राप्त भएपछि तुरुन्तै सो निर्णय भएको  प्रवक्ताले उल्लेख गरेका छन्। विदेशमन्त्री काभुसोग्लुले अन्तर्राष्ट्रिय क्षेत्रमा देशको प्रतिष्ठा बढाउने उद्देश्यका साथ नामको हिज्जेमा परिवर्तन गरिएको बताएका छन्। रासस/सिन्ह्वा