मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १० मंगलबार ०६:१५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बुद्धको काठमाडौं–वाराणसी उडान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १० मंगलबार ०६:१५:००

बुद्ध एयरले काठमाडौंबाट भारतको वाराणसीमा पुनः उडान सुरु गरेको छ । कम्पनीले कोभिड महामारीका कारण दुई वर्षदेखि बन्द रहेको काठमाडौं–वाराणसी अन्तर्राष्ट्रिय उडान सोमबारदेखि सुरु गरेको हो । 

यसअघि बुद्धले वाराणसीमा सातामा दुई दिन सोमबार र शुक्रबारको उडानतालिका सार्वजनिक गरेको थियो । सोही तालिकाअनुसार सोमबार काठमाडौंबाट बिहान ७: १५ बजे बुद्धको एटिआर जहाज भारतको वाराणसीतर्फ उडेको छ । उडानमा ४४ यात्रु र ६ जना चालकदलका सदस्य रहेका थिए । वाराणसीबाट काठमाडौं फर्कंदा ३९ यात्रु बोकेर ८:४५ बजे उडान गरेको थियो । 

काठमाडौं–वाराणसी उडानबाट दुवै देशका व्यापारिक, धार्मिक तथा पर्यटकीय यात्रुहरूलाई सहज हुने कम्पनीले जनाएको छ । हिन्दूहरूका लागि वाराणसी मुख्य तीर्थस्थलमध्ये एक हो । त्यहाँ विश्वनाथ मन्दिरलगायत भगवान् बुद्धले पहिलोपटक प्रवचन दिएको सारनाथ पनि नजिकै रहेको छ । वाराणसीमा भारतीय तिर्थालुका साथै विदेशी यात्रुहरूको पनि चहलपहल निकै हुने गरेको छ । यस उडानबाट चर्को गर्मी छल्न ५० मिनेटको उडानमा भारतीय यात्रुलाई नेपाल आउन सहज हुने बुद्धले जनाएको छ । 

यसबाट पर्वतीय पर्यटन र सांस्कृतिक प्रवद्र्धनमा टेवा पु¥याउने कम्पनीले विश्वास व्यक्त गरेको छ । बुद्ध एयरको भगिनी कम्पनी बुद्ध होलिडेजमार्फत दुवै देशका विभिन्न धार्मिक, पर्यटकीय गन्तव्यहरूको आकर्षक होलिडे प्याकेज पनि सञ्चालनमा आएको छ ।