काठमाडौं। नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार दुई सय रुपैयाँ र चाँदीको मूल्य १०५ रुपैयाँले घटेको हो।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ८२५ रुपैयाँ कायम भएको छ।
यसअघि बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय रुपैयाँ र चाँदी तीन हजार ९३० रुपैयाँमा कारोबार भएको थियो।
बिहीबारको तुलनामा आज दुवै बहुमूल्य धातुको मूल्य घटेको हो।