कृषि विकास बैंकको एपबाटै डिसहोमका सेवा नवीकरण

शुक्रबार, १३ कार्तिक, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ कृषि विकास बैंक लिमिटेडका ग्राहकले अब बैंकको स्मार्ट प्लस मोबाइल एपमार्फत डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सक्ने भएका छन् ।

यस सुविधामार्फत ग्राहकले डिसहोम इन्टरनेट तथा आइपिटिभीको संयुक्त प्याकेज, इन्टरनेट तथा डिटिएच टिभीको संयुक्त प्याकेज र डिसहोम डिटिएच टेलिभिजन सेवा घरमै बसी नवीकरण गर्न सक्नेछन् ।

यसले ग्राहकलाई छिटो, सहज र झन्झटरहित रूपमा आफ्ना सेवाको निरन्तरता कायम राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । यस बैंकको मोबाइल एपका साथै ग्राहकले अन्य माध्यमबाट समेत आफ्ना डिसहोम सेवा नवीकरण गर्न सक्नेछन् ।

सुझावित समाचार