काठमाडौं/ सरकारले कर बुझाउने म्याद पुस मसान्तसम्मका लागि थप गरेको छ । कम्पनी ऐनअनुसार असोज मसान्तसम्म बुझाइसक्नुपर्ने कर पुस मसान्तसम्म बुझाउन सकिने व्यवस्था गरेको हो ।
कम्पनी ऐन, २०६३ बमोजिम लाग्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिवाना मिनाहासम्बन्धी व्यवस्था पेस गर्ने म्याद ०८३ पुस मसान्तसम्म थप गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
‘कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीले सम्बन्धित कानुनले तोकेबमोजिम म्यादभित्र विवरण पेस नगरेको, नवीकरण नगरेको वा दाखिल गर्नुपर्ने कर, शुल्क, दस्तुर, ब्याज वा जरिवाना दाखिल नगरेको भएमा त्यस्ता कम्पनीले कारोबार जारी राख्न वा दर्ता खारेज गर्न चाहेमा आर्थिक वर्ष ०८२/८३ का लागि कानुनबमोजिम लाग्ने कर, शुल्क, दस्तुर तथा विवरण ०८३ पुस मसान्तभित्र पेस गरेमा सोभन्दा अघि लागेको वा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, ब्याज वा जरिवाना मिनाहा हुनेछ,’ अर्थ मन्त्रालयको सूचनामा उल्लेख छ ।