यदुनाथ भट्टराईको उपन्यास ‘योद्धा’ सार्वजनिक

आइतबार, २९ फागुन, २०७८
डिजिटल संस्करण

साहित्यकार यदुनाथ भट्टराईद्वारा लिखित उपन्यास ‘योद्धा’ सार्वजनिक गरिएको छ। साहित्य संगम चितवनले शनिबार भरतपुरमा लोकार्पण तथा विमर्श कार्यक्रम आयोजना गरी उक्त कृति सार्वजनिक गरेको हो।

उक्त कृतिको समीक्षा डिआर पोख्रेल र धनप्रसाद सुवेदीले गरेका थिए। कार्यक्रममा उपन्यासकारले आफूले माओवादी जनयुद्ध भोगेको परिवेशलाई उपन्यासमा उतारेको बताए। २५ वर्षअघिको जनयुद्धको आवश्यकता, थालनी र बलिदानीसँगै युद्धले सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक जीवनमा पारेको प्रभावलाई प्रस्तुत गर्ने कोसिस गरिएको छ।

यसअघि भट्टराईको ‘युद्ध र शान्ति’ निबन्धसंग्रह सार्वजनिक भएको थियो। लमजुङमा जन्मिएका लेखक भट्टराई अवकाशप्राप्त शिक्षक हुन्। उनी अहिले चितवनको भरतपुरमा बसोवास गर्छन्।

सुझावित समाचार