१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
एजेन्सी इस्लामाबाद
२o८१ बैशाख ३० आइतबार १९:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

युक्रेन संकटमा पाकिस्तानको भूमिका असफल

Read Time : > 1 मिनेट
एजेन्सी इस्लामाबाद
नयाँ पत्रिका इस्लामाबाद
२o८१ बैशाख ३० आइतबार १९:३४:oo

युक्रेन संकट सुरु हने वेला दक्षिण एसियाको पाकिस्तानका प्रधानमन्त्री इमरान खान रुस भ्रमणमा थिए । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरे तर युक्रेनबारे कुनै छलफल भएन । खानले मस्कोमा नपुग्दै मस्कोमा आफू उत्साहित भएको तर युक्रेनमा के भइरहेको छ भन्नेसँग आफूले सरोकार नराखेको टिप्पणी गरेका थिए । उनको भ्रमणलाई देशभित्रै असफल भ्रमणका रूपमा टिप्पणी हुन थालेको छ । 

प्रधानमन्त्री खानले रुस र युक्रेनबीचको पछिल्लो अवस्थाबारे चिन्ता व्यक्त गरेका थिए । खानले द्वन्द्व कसैको हितमा नभएको र द्वन्द्वको स्थितिमा विकासोन्मुख राष्ट्रहरू सधैँ आर्थिक रूपमा सबैभन्दा बढी मारमा पर्ने बताएका थिए । तर, युद्धसम्बन्धी रुसी निर्णय प्रक्रिया प्रभावित बनाउन उनी असफल भएको प्रतिक्रिया आइरहेको छ ।

पाकिस्तानले संयुक्त राष्ट्रसंघको महासभामा युक्रेनमाथि रुसी आक्रमणको निन्दा र युक्रेनबाट रूसी सेना फिर्ता गर्न आह्वान गर्ने प्रस्तावमा मतदान गरेन । आलोचकहरूले पाकिस्तान चीन–रूसको पिछलग्गु भएको आरोप लगाएका छन् । पाकिस्तानी पत्रिका डनले लेखेको छ, ‘पाकिस्तानले यस मुद्दामा पक्ष नलिने निर्णय गरेको छ । इस्लामाबाद शान्तिपूर्ण र वार्ताबाट समाधानको समर्थन गर्दछ ।’

युरोपेली युनियन (इयू) सदस्य राष्ट्रहरूसहित २२ देशका राजदूतहरूले संयुक्त रूपमा संयुक्त राष्ट्रसंघको प्रस्तावलाई समर्थन गर्न पाकिस्तानलाई आह्वान गरेका थिए । तर, पाकिस्तानी सरकारले त्यसलाई स्वीकार गरेन । पाकिस्तानकी मानवअधिकारमन्त्री सिरिन मजारीले इयूको संयुक्त पहललाई ‘विडम्बनापूर्ण’ भन्दै प्रतिक्रिया दिइन् । ब

युक्रेनमा रुसलाई पाकिस्तानको मौन समर्थन इस्लामाबादको मस्कोसँगको सम्बन्धलाई बलियो बनाउने दृढ इच्छाअनुरूप भएको जानकारहरूको भनाइ छ । हालैका वर्षहरूमा पाकिस्तान–रुस सम्बन्ध बढेको छ । अमेरिकाले भारतसँग प्रवर्द्धन र विकास गरेको घनिष्ट सम्बन्धले रुसको गुड बुकमा जान आवश्यक पर्ने पाकिस्तानको विश्वास छ । 

वासिंगटनको विल्सन सेन्टरका माइकल कुगेलम्यानले भनेका छन्, ‘इस्लामाबादको सन्तुलन कार्य नयाँदिल्लीको भन्दा कम जटिल छ । पाकिस्तानको संयुक्त राज्य अमेरिकासँग सम्बन्ध कमजोर छ र यसले लामो समयदेखि चीनसँगको आफ्नो गठबन्धनलाई अझ बढी काम गर्न खोजेको छ।’

युक्रेन द्वन्द्वमा रुसको साथ दिन पाकिस्तानले आफ्नै भू–राजनीतिक तर्क प्रयोग गरेको छ । धेरै रणनीतिक र आर्थिक रूपमा महत्वपूर्ण क्षेत्रहरूमा बेइजिङमाथिको गहिरो निर्भरताको कारण इस्लामाबादले चीनको संकेतविना निर्णय गर्न नसक्ने थियो । चीनले रुसको पक्ष लिएका कारण पाकिस्तान पनि मौन रहेको आकलन गरिएको छ ।

ad
ad