१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
फाइल तस्बिर
२o८१ बैशाख २४ सोमबार १९:१३:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

ए डिभिजन लिग : मच्छिन्द्र दुई खेलअगावै च्याम्पियन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १९:१३:oo

सातदोबाटो युथ क्लबमाथि जित निकाल्दै मच्छिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगको उपाधि रक्षा गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा सातदोबाटो युथ क्लबलाई १–० ले पराजित गर्दै मच्छिन्द्र दुई खेलअगावै च्याम्पियन बनेको हो । मच्छिन्द्रका नोर्लान नोभ्रुजोभले ५३औँ मिनेटमा गरेको गोल नै उपाधि रक्षा गर्न निर्णायक भएको हो । सुनील बलको क्रसमा देवेन्द्र तामाङको हेडर सातदोबाटोका गोलकिपर अविशेक बरालले बचाए पनि क्रसबारमा लाग्दै फर्किएको बलमा नोर्लानले गोल गर्न सफल भएका थिए । 
यससँगै मच्छिन्द्रले लगातार दोस्रोपटक ए डिभिजन लिगको उपाधि जितेको हो । मच्छिन्द्रले पछिल्लोपटक २०७६ सालमा अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै उपाधि जितेको थियो । 

जितसँगै शीर्ष स्थानको मच्छिन्द्रले ११ खेलमा २९ अंक जोडेर समिकरणबाट दुई खेलअगावै च्याम्पियन भएको हो । मच्छिन्द्र दोस्रो स्थानको मनाङ मर्स्याङ्दीभन्दा ९ अंकले अघि रहेको छ । मनाङको २० अंक रहेको छ । सातदोबाटोले ११ खेलमा १५ अंक जोडेको छ । सातदोबाटो छैटौँ स्थानमा रहेको छ ।

ए डिभिजन लिगअन्तर्गत बुधबारकै अर्को खेलमा त्रिभुवन आर्मी क्लब हिमालयन शेर्पासँग १–१ गोलको बराबरीमा रोकियो। १० खेलाडीमा समेटिएको आर्मीले सुरुवाती अग्रता जोगाउन नसक्दा आर्मी बराबरीमा रोकिएको हो । खेलको २६औँ मिनेटमा कप्तान जर्ज प्रिन्स कार्कीको गोलबाट अग्रता लिएको आर्मी ६५औँ मिनेटमा मुताम्बा पिस्टोनले गोलबाट बराबरीमा आएको थियो ।

बुधबार भएको खेलमा थ्री स्टार र पुलिसले पनि १–१ गोलको बराबरी खेले । दशरथ रंगशालामा नै भएको खेलमा थ्री स्टारले सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको हो । खेलको २१औँ मिनेटमा ऋतिककुमार खड्काले गोल गर्दै थ्री स्टारलाई सुरुवाती अग्रता दिलाएका थिए । ५१औँ मिनेटमा सुमन सुवेदीले गोल गर्दै पुलिसलाई १–१ गोलको बराबरीमा ल्याएपछिको बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको थियो । 

ad
ad