निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ जेठ १२ बिहीबार
  • Thursday, 26 May, 2022
नयाँ पत्रिका वासिङ्टन
२०७८ माघ ८ शनिबार १४:२७:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

चीनका लागि उडान स्थगित गर्ने बाइडेन प्रशासनको निर्णय अव्यवहारिक : बेइजिङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वासिङ्टन
२०७८ माघ ८ शनिबार १४:२७:००

पछिल्लो समय उडान स्थगित गर्ने विषयमा अमेरिका र चीनबीचको तनाव बढ्दै गएको छ। अमेरिकाबाट चीनका लागि ४४ उडान स्थगित गर्ने बाइडेन प्रशासनको निर्णयलाई चीनले अत्यन्तै अव्यावहारिक भएको बताएको छ।

वासिङ्टनमा चिनियाँ दूतावासका प्रवक्ता लिउ पेंग्युले स्पुतनिकसँग भने, 'अमेरिकाले यस भूमिमा चिनियाँ एयरलाइन्सको उडान स्थगित गर्नु अत्यन्तै अव्यावहारिक छ। हामी अमेरिकी पक्षलाई चिनियाँ एयरलाइन्सद्वारा सञ्चालित सामान्य यात्रु उडानहरूलाई अवरोध र प्रतिबन्ध लगाउन रोक्न आग्रह गर्दछौं।'

बाइडेन प्रशासनले कोभिड–१९ लाई कारण देखाउँदै केही अमेरिकी उडानहरू स्थगित गर्ने चिनियाँ सरकारको निर्णयको बदलास्वरूप अमेरिकाबाट चीनका लागि ४४ उडानहरू स्थगित गरेको थियो। चीनका लागि निलम्बित उडानहरू जनवरी ३० देखि सुरु हुन्छ र सियामेन एयरलाइन्स, चाइना साउदर्न एयरलाइन्स र एयर चाइनाका उडानहरू त्यसमा पर्नेछन्।

चीनले भर्खरै  कोभिड–१९ संक्रमित यात्रुहरूको वृद्धिको कारण आफ्नो देशमा जाने केही अमेरिकी उडानहरू रद्द गरेको बताएको छ। चीनको नागरिक उड्डयन प्राधिकरणले जनवरी १९ सम्म बाइडेन प्रशासनको बारम्बार आपत्तिको बाबजुद ४४ यात्रु उडान निलम्बित गरेको छ। रासस/एएनआई