मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ माघ ८ शनिबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका न्यूयोर्क
२o७८ माघ ८ शनिबार १२:३९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अमेरिका र चीनलाई वार्ता गर्न राष्ट्रसंघीय प्रमुखको आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, न्यूयोर्क
नयाँ पत्रिका
२o७८ माघ ८ शनिबार १२:३९:oo

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्व बजार र अर्थतन्त्रको ध्रुवीकरणबाट बच्न व्यापार र प्रविधिबारे अमेरिका र चीनलाई वार्ता गर्न आह्वान गरेका छन्। चीनसँग वासिङ्टनको वर्षौं पुरानो प्रविधि विवादका विषयमा प्रश्न गर्दा गुटेर्रेसले आफू सधैँ एकीकृत विश्व बजार र एकीकृत विश्वव्यापी अर्थतन्त्रको आवश्यकताको पक्षमा रहेको बताएका समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ।

'मैले धेरैपटक भनेको छु कि हामीले संसारलाई दुई भागमा विभाजन गर्नबाट जोगिन आवश्यक छ, प्रत्येकको आफ्नै आर्थिक प्रणाली र नियमहरूको सेट, प्रत्येकको आफ्नै प्रभावशाली मुद्रा, प्रत्येकको आफ्नै इन्टरनेटको साथ, र प्रत्येकको आफ्नै प्राविधिक रणनीति र कृत्रिम बुद्धिमत्ताको साथ हुनुपर्छ,' महासचिवले पत्रकार सम्मेलनमा बताए।

सिन्ह्वाका अनुसार गुटेर्रेसले विश्वका दुई ठूला अर्थतन्त्रहरूलाई वार्ताको माध्यमबाट व्यापार र प्रविधिमा साझा आधार खोज्न आह्वान गरेका छन्। 'अब यो स्पष्ट छ कि, वर्तमान समयमा धेरै भिन्नता छन्, र मैले अमेरिका र चीन दुवैसँग गम्भीर संवाद र वार्ताको महत्त्वमा वकालत गरिरहेको छु, उनले भने। रासस/एएनआई