१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १७:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

द्रुतमार्ग समयमै सम्पन्न हुने गरी काम गर्न सरकारलाई ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १७:३८:oo

राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग निर्माणको काम समयमै सम्पन्न हुने गरी अघि बढाउन सरकारलाई ध्यानाकर्षण गराउने भएको छ। मंगलबार बसेको बैठकमा समितिले स्थलगत अनुगमनको क्रममा ११ किलोमिटर फास्टट्रयाक खोल्न नै बाँकी रहेको देखिएको र पुल निर्माणको कामसमेत सुरु नभएको पाइएकाले सरकारको सरोकारवाला निकायसँग छलफल गर्ने निर्णय गरेको छ।

सरकारको लक्ष्यअनुरूप आ.व. ०८०/८१ सम्ममा काम सम्पन्न हुनेमा दुबिधा देखिएको समिति सभापति रामनारायण बिडारीले बताए। तोकिएकै समयमा काम सम्पन्न गर्नका लागि आवश्यक बजेट विनियोजन, वनसम्बन्धी कामहरू र आवश्यक स्वीकृति दिनुपर्ने विषयमा सरकारका सम्बन्धित मन्त्रालयहरूलाई आगामी समिति बैठकमा बोलाएर आवश्यकताअनुसार ध्यानाकर्षण तथा निर्देशन दिइने उनले बताए।

मंगलबारको बैठकमा समिति सदस्यहरूले द्रुतमार्ग निर्माणको कामले गति लिनुपर्ने धारणा राखेका थिए। समितिको आगामी बैठक छिट्टै राखेर द्रुतमार्ग निर्माणको कामलाई गति दिने गरी आवश्यकताअनुसार निर्देशन दिइने समिति सभापति बिडारीको भनाइ छ।

ad
ad