१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ८ मंगलबार १६:o४:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

शाहको स्मृतिमा यु–१६ क्रिकेट प्रतियोगिता हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १६:o४:oo

नेपाली क्रिकेटको संस्थापक तथा पूर्वअध्यक्ष जयकुमार नाथ शाहको स्मृतिमा यु–१६ टी–२० अन्तर स्कुल क्रिकेट प्रतियोगिता हुने भएको छ। काठमाडौं जिल्ला क्रिकेट संघले शाहको स्मृतिमा १९ देखि ३० वैशाखसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरको हो। २०२२ देखि नेपाली क्रिकेटको अध्यक्ष रहेका शाहले ४० साल क्रिकेट संघ हाँकेका थिए । उनको ०७४ सालमा निधन भएको थियो।

काठमाडौं जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर घलेले शाहको क्रिकेटमा अतुलनीय योगदान रहेकाले उनकै नाममा प्रतियोगिता आयोजना गरेका बताए । ‘क्रिकेटमा उहाँको धेरे योगदान छ । उहाँ क्रिकेटका भिष्मपितामह हुन् । परिवारको स्विकृतमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेका हौंँ,’ घलेले पत्रकार सम्मेलनमा भने ।

प्रतियोगितामा १६ टोलीमा सहभागिता रहनेछ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । शीर्ष टोली सेमिफाइनलमा खेल्नेछन् । 

समूह ‘ए’ मा रेडियन्ट रिडर्स एकेडेमी, संस्कृति इन्टरनेसनल स्कुल, सैनिक आवासीय महाविद्यालय र त्रियोग हाइ स्कुल तथा समूह ‘बी’ मा ग्यालेक्सी पब्लिक स्कुल, गेटवे एकेडमी, आलोक विद्याश्रम स्कुल र डिएभी स्कुल छन् ।

समूह ‘सी’ मा केएमसी स्कुल, जेम्स स्कुल, अपी स्कुल र एन्जल हर्ट्स एकेडेमी स्कुल तथा समूह ‘डी’मा रत्नराज्य स्कुल, मोक्षदा स्कुल, नेक्शस इन्टरनेसल एकेडेमी र एलआरआइ स्कुल  छन् । प्रतियोगितामा सहभागी हुने टोलीले २५ जहार दर्ता शुल्क बुझाएको सचिव किरण शमशेर जवराले बताए । 

कुल २७ खेल हुने प्रतियोगिताको विजेताले १ लाख ५० हजार तथा उपविजेताले ७५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट ब्याटर, बलर र  उदीयमान खेलाडीले जनही ५ हजार रुपैयाँ प्राप्त गर्ने घलले बताए । प्रतियोगितामा खेल मुलपानीको तल्लो र माथिल्लो मैदानमा हुनेछ । प्रतियोगिता सञ्चालनका लागि १५ लाख २६ हजार ५०० रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

घलेले ग्रासरुटदेखि नै क्रिकेटको विकास गर्ने अभियानस्वरुप यो प्रतियोगिता आयोजना गर्न लागेको बताए ।

ad
ad