१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १५:१२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १५:१२:oo

अर्थमन्त्री वर्षमान पुन अनन्त र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच भेटवार्ता भएको छ। विश्व बैंक समूहको नेतृत्व गर्दै तेस्राे अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा आएका रेजरले मन्त्री पुनसँग भेटेका हुन्।

भेटमा विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघ (आइडिए)को २१औँ बैठकबारे छलफल भएको छ। उक्त बैठक आगामी असार ४ देखि ७ गतेसम्म काठमाडाैंमा हुँदै छ। बैठकमा विश्व बैंक समूहका अध्यक्ष अजय बंगा सहभागी हुनेछन्। बैठकपछि उच्च अधिकारीहरूले विश्व बैंकको लगानीमा निर्माणाधीन विभिन्न आयोजनाको स्थलगत अध्ययन गर्ने जानकारी उपाध्यक्ष मार्टिनले दिए। मन्त्री पुनले स्थलगत अध्ययनको व्यवस्था मिलाइने बताए।

आइडिएको २१औँ बैठक आगामी असारमा काठमाडौंमा हुँदै छ । मन्त्री पुनले आइडिए बैठकको राम्रो तयारी भइरहेको जानकारी दिए ।

बैठक तयारीका लागि अर्थसचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको र ती दुवै समितिले तयारीका काम अघि बढाएको जानकारी मन्त्री पुनले दिए।

यस्तै बैठक तयारीबारे  काठमाडौंस्थित विश्व बैंकको देशीय कार्यालयसँग समन्वय भइरहेको उनको भनाइ थियो। विकास साझेदारहरूको अन्तर्राष्ट्रिय गठबन्धनको भूमिकामा रहेको आइडिए बैठकमा विश्व बैंकका अध्यक्ष अजय बंगासहित विश्वका ९२ देशका प्रतिनिधि सहभागी हुनेछन्। आइडिए विश्व बैंकको सहुलियतपूर्ण ऋण प्रवाह गर्ने निकाय हो। सरकारले यसलाई हालसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रियस्तरको सम्मेलन हुने जनाएको छ। 
नेपालजस्ता विकासोन्मुख मुलुकको आर्थिक विकासमा कसरी थप सहयोग गर्ने भन्ने आइडिए बैठकको प्रमुख एजेन्डा छ।

आइडिएको २१औँ बैठक आयोजना गर्न नेपालसहित विभिन्न देशले प्रस्ताव राखेकामा विश्व बैंक समूहले नेपाल रोजेको हो। विश्व बैंक समूहको यो स्तरको बैठक नेपालमा यसअघि भएको थिएन। हरेक तीन वर्षमा हुने आइडिएको २०औँ बैठक सन् २०२१ को डिसेम्बर १४ र १५ मा जापानले आयोजना गरेको थियो।

ad
ad