१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ७ सोमबार १५:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आठ सयभन्दा बढी आगलागीपीडितलाई दैनिक खाना खुवाइँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १५:५o:oo

महोत्तरीको मटिहानीमा गत बुधबार आगलागीमा परेर घरबार गुमाएका आगलागीपीडितलाई हाम्रो टिम नेपाल, १०० ग्रुप, नेपाली सेना र अन्य व्यक्तिको सहयोगमा दैनिक खाना खुवाइँदै आएको छ।

मुस्लिम समुदाय र धानुक, साह, मलाहसहितका जातिको बसोवास रहेको जरलहवागाछी बस्तीमा भीषण आगलागी हुँदा करिब आठ सय व्यक्ति पीडित बनेका छन्।

‘बस्तीमा खाना पकाउने भाँडाहरूसमेत छैनन्, अन्नपात जलेर सबै नष्ट भएकाले बिहान–बेलुका गरी आठ सयभन्दा बढीलाई दैनिक खाना खुवाइरहेका छौँ। हामीलाई नेपाली सेनाका जवानले समेत सहयोग गर्दे आएकाले खाना खुवाउन सहज भइरहेको छ,’ हाम्रो टिम नेपालका संयोजक विमल पन्तले भने।

यसबाहेक बालबालिकाको विद्यालयको ड्रेस र कापी–कलमसमेत नहुँदा विद्यालय जान नपाएको र खासगरी लुगाकपडा नहुँदा समस्या थपिँदै गएको उनले बताएका हुन्।

जरलहवागाछी बस्तीमा बुधबार मध्याह्न मैमुन खातुनको परालको कुन्युबाट सल्केको आगोले भीषण रूप लिँदै एक सय १० घर पूर्ण रूपमा जलेका थिए। आगलागीमा परेर बस्तीका ५० जति अन्य घरमा समेत क्षति पुगेको, पाँचवटा पशुचौपाया मर्नुका साथै १५ करोडभन्दा बढीको धनमाल क्षति भएको नगरपालिकाले जनाएको छ।
आगो निभाएलगत्तै मटिहानी नगरपालिकालगायत अन्य संघसंस्था र व्यक्तिले  खाना र ओत लाग्न त्रिपालको व्यवस्था गर्दै आएका छन्।  
 

ad
ad