मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ पौष १९ सोमबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका वासिङ्टन
२o७८ पौष १९ सोमबार १३:५५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

कोरोना संक्रमण बढेपछि अमेरिकामा आइतबार मात्र झन्डै दुई हजार उडान रद्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वासिङ्टन
नयाँ पत्रिका
२o७८ पौष १९ सोमबार १३:५५:oo

संयुक्त राज्य अमेरिकामा कोभिड– १९ को संक्रमण बढ्दै गएपछि स्थानीय समयअनुसार आइतबार बिहानसम्म करिब दुई हजार उडानहरू रद्द गरिएका छन्। आज बिहान ८ः३० बजेसम्म अमेरिकाभित्र वा बाहिर एक हजार नाै सय ५६ उडानहरू रद्द गरियो, जब कि अमेरिकाभित्र र बाहिर अन्य आठ सय ७० उडानमा ढिलाइ भएको फ्लाइट अवेयरलाई उदृत गर्दै द  हिलले जनाएको छ।

द हिलका अनुसार साउथवेस्टले दुई सय ६४ उडान, जेटब्लूले एक सय ६९ उडान र डेल्टाले एक सय ६१ उडान रद्द गरेका छन्। अमेरिकन एयरलाइन्सले एक सय ३६ उडान र युनाइटेडले ९४ उडान रद्द गरेको मिडिया आउटलेटले जनाएको छ। आइतबार र क्रिसमसको पूर्वसन्ध्यासहित पछिल्ला १० दिनहरूमा एयरलाइन्सहरूले अमेरिकामा १४ हजारभन्दा बढी उडानहरू रद्द गरेका फ्लाइट अवेयरले जानकारी दिएको छ।  रासस/एएनआई