१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १९:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमालेले महाधिवेशन प्रतिनिधिको संख्या बढायो, ११ सदस्यीय अध्यक्षमण्डल गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १९:५६:oo

एमाले महाधिवेशनमा २२७९ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन् । एमालेले प्रतिनिधि संख्या दुई हजारमा सीमित गर्ने भने पनि पार्टी सदस्य संख्या थप भएकाले प्रतिनिधिको संख्या बढेको नेता योगेश भट्टराईले जानकारी दिए । 

उनका अनुसार पदेन दुई सय ३८, अहिलेसम्म निर्वाचित १८ सय ८९ जना (केही जिल्लाको आउन बाँकी), निर्वाचित हुन बाँकी ६८ जना हुनेछन् । त्यसको पाँच प्रतिशत मनोनीत हुनेछन् । मनोनीत सदस्यको सूची मंगलबारको स्थायी कमिटीमा पेस भएको छ । निर्णय हुन भने बाँकी रहेको छ । 

महाधिवेशनले १५ जना पदाधिकारी र २२५ जना केन्द्रीय सदस्य निर्वाचित गर्नेछ । यस्तै, अनुशासन आयोगका अध्यक्षसहित १५ र लेखा आयोगका अध्यक्षसहित १५ जना पनि निर्वाचित गर्नेछ । 

बैठकले महाधिवेशनको बन्दसत्र सञ्चालनको निम्ति ११ सदस्यीय अध्यक्षमण्डल गठन गरेको छ । अध्यक्षमण्डलमा अध्यक्ष केपी ओली, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, महासचिव ईश्वर पोखरेल र स्थायी कमिटी सदस्यहरू सुवास नेम्वाङ, रामबहादुुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, केन्द्रीय कमिटी सदस्यहरू लालबाबु पण्डित र गोमा देवकोटा रहेका छन् । 

एमाले महाधिवेशन १० मंसिरमा चितवनमा सुरु हुँदै छ ।

ad
ad