१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २१ बिहीबार
  • Saturday, 05 July, 2025
२o७८ असोज २१ बिहीबार १७:४६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

उपन्यासकार अब्दुल रजकलाई साहित्यतर्फको नोबेल पुरस्कार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज २१ बिहीबार १७:४६:oo

नोबेल  कमिटीले सन् २०२१ को साहित्यतर्फको नोबेल पुरस्कार उपन्यासकार अब्दुल रजक गुर्नाहलाई प्रदान गर्ने घोषणा गरेको छ।  ‘उपनिवेशवादको असर र शरणार्थीको अवस्थाबारे सम्झौताविहीन तथा गहन अध्ययन’ गरेकाले गुर्नाहलाई साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरेको कमिटीले जनाएको छ।

सन् १९४८ मा तान्जानियाको जन्जिबरमा जन्मिएका गुर्नाह हाल बेलायतमा बस्दै आएका छन्। उनका चर्चित उपन्यासमध्ये प्याराडाइज(१९९४), बाइ द सी(२००१) रहेका छन्।  यसअघि नोबेल कमिटीले भौतिकशास्त्र, चिकित्साशास्त्र तथा रसायन शास्त्रतर्फको पुरस्कार घोषणा गरिसकेको छ। 

अक्टोबर ४ देखि ११ सम्म विभिन्न विधामा पुरस्कार घोषणा गरिँदै छ। नोबेल शान्ति पुरस्कार शुक्रबार र अर्थशास्त्रतर्फको पुरस्कार आगामी सोमबार घोषणा गर्ने कार्यक्रम रहेको छ।