१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १७:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रवास डिजिटल संस्करण

एनआरएनएको अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १७:४o:oo

गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी एनआरएनएका सल्लाहकारसमेत रहेका आचार्यले औपचारिक रूपमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। एनआरएनएको दशौँ विश्व सम्मेलन आगामी अक्टोबरको २३–२५ मा काठमाडौंमा हुँदै छ। एनआरएनएलाई थप सम्मानित, मर्यादित र प्रतिष्ठित बनाउन आफूले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको उनले बताए। 

‘संस्थाका संस्थापक र अग्रजहरूको साथ विश्वभर रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सुझाब, भावना, चाहनाका आधारमा मैले आसन्न महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने निर्णय गरेको छु। विश्वभरि रहनुभएका तपाईं सम्पूर्ण गैरआवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको अमूल्य आशीर्वाद, सहयोग, समर्थन, शुभकामनाले निर्वाचित हुनेमा म विश्वस्त छु। र, मैले संकल्प गरेको छु कि तपाई हामी सबैको गैरआवासीय नेपालीहरूको पवित्र मन्दिर गैरआवासीय नेपाली संघलाई मैले थप सम्मानित, मर्यादित र प्रतिष्ठित बनाउनेछु,’ उनले भने।

आचार्यले आफू अध्यक्षमा निर्वाचित भएमा कोभिडका कारण रोजगारी गुमाएर फर्किएका युवाहरूका लागि ‘एक एनआरएन एक रोजगार अभियान’ सुरु गर्ने, विदेशमा हुर्किरहेका बालबालिकाहरूलाई नेपाली भाषा सिकाउन पाठ्यपुस्तक र मोबाइल एप निर्माण गर्न अनलाइन कक्षाहरू सञ्चालन गर्ने, एनआरएन खेल प्रतिभाहरूको विकासमा सघाउन ‘एनआरएनए खेलकुद प्रतिष्ठान’ स्थापना गर्ने प्रतिबद्धतासमेत जनाए। आचार्यले गैरआवासीय नेपाली नागरिकता, पासपोर्ट र पैतृक सम्पत्तिको समस्या पनि समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। एनआरएनएको सदस्यता बढाएर पाँच लाख पुर्‍याउने उनले बताए।

ad
ad