Skip This
चीनको सिचुआन प्रान्तमा भूकम्प जाँदा तीनको मृत्यु, ६० घाइते
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ ३१ बिहीबार
  • Tuesday, 16 September, 2025
एजेन्सी बेइजिङ
२o७८ भदौ ३१ बिहीबार १३:३४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

चीनको सिचुआन प्रान्तमा भूकम्प जाँदा तीनको मृत्यु, ६० घाइते

Read Time : < 1 मिनेट
एजेन्सी बेइजिङ
नयाँ पत्रिका बेइजिङ
२o७८ भदौ ३१ बिहीबार १३:३४:oo

चीनको सिचुआन प्रान्तमा ५.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प आएको छ। भूकम्पमा परी कम्तीमा तीनजनाको मृत्यु भएको र ६० जना घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ। उनीहरूमध्ये तीनजनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्।
 
भूकम्प प्रभावित क्षेत्रमा आठ सय ९० भन्दा बढी व्यावसायिक उद्धारकर्मीहरू परिचालन गरिएको र स्थानीय बासिन्दाहरू पनि खोजी तथा उद्धार कार्यमा खटिएको जनाइएको छ। थप चार हजार ६ सय उद्धारकर्ता तयारी अवस्थामा रहेका छन्।