मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ ३ बिहीबार ०८:३३:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

बक्सिङ प्रतियोगिताका लागि नेपाली टोली युएईतर्फ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ ३ बिहीबार ०८:३३:००

एएसबिसी युथ तथा जुनियर बक्सिङ प्रतियोगितामा सहभागी हुन नेपाली टोली बुधबार युनाइटेड अरब इमिरेटस् (युएई) प्रस्थान गरेको छ । उक्त टोलीमा ६ खेलाडीसहित १२ जना रहेका छन् । 

प्रतियोगितामा पुरुषतर्फ ६० किलो तौलमा इन्द्रबहादुर सुनार, ५४ किलोमा सुलभ माली र ७१ किलोमा सुदेन गिरीले प्रतिस्पर्धा गर्ने टोलीमा रहेका ओलम्पियन एवं बक्सिङ प्रशिक्षक डम्बरदत्त भट्टले जानकारी दिए । यस्तै महिला ५७ किलोमा नारिका राईले प्रतिस्पर्धा गर्नेछिन् । पुरुष जुनियरतर्फ ५४ किलोमा छिरिङ वाङदी शेर्पा तथा महिला ५० किलोमा स्वस्तिका तिरुवाले प्रतिस्पर्धा गर्ने प्रशिक्षक भट्टले बताए ।

गत महिना ललितपुरको सातदोबाटोमा सम्पन्न प्रतियोगिताबाट युएईमा भाग लिने खेलाडीको छनोट गरिएको हो । टोलीमा ओलम्पियन एवं प्रशिक्षक दीपक महर्जन, सन्दिप श्रेष्ठ र दुर्गा गहतराज सहभागी छन् । 

टोलीको व्यवस्थापकका रूपमा नेपाल बक्सिङ संघका सदस्य मानबहादुर भण्डारी र झापा जिल्ला बक्सिङ संघका सदस्य तर्कराज राई छन् । उक्त प्रतियोगिता १५ असोजसम्म चल्नेछ । नेपाली टोलीलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले बिदाइ गरेका थिए ।       –रासस