Skip This
सन्दीपको स्थानमा सोधी
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ जेठ २४ सोमबार
  • Monday, 15 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ जेठ २४ सोमबार ११:१o:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सन्दीपको स्थानमा सोधी

भिसा ढिला आउँदा लेग स्पिनर सन्दीप लामिछानेले गुमाए टी–२० ब्लास्ट, द हन्ड्रेड बलमा भने सहभागी हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ जेठ २४ सोमबार ११:१o:oo

नेपालका लेग स्पिनर सन्दीप लामिछानेले बेलायतमा ९ जुनदेखि हुने टी–२० ब्लास्ट क्रिकेट प्रतियोगिता गुमाएका छन् । सन्दीप प्रतियोगितामा सहभागी नहुने भएपछि वर्सेस्टसायर र्‍यापिडले उनको स्थानमा न्युजिल्यान्डका खेलाडी इस सोधीलाई शनिबार अनुबन्ध गरेको जनाएको छ । समयमै भिसा नआएका कारण सन्दीपले टी–२० ब्लास्ट गुमाएका हुन् । 

सन्दीपले गत शुक्रबार मात्रै बेलायतको भिसा प्राप्त गरेका थिए । टी–२० ब्लास्टमा सहभागिता जनाउने विदेशी खेलाडीले मे महिनाभित्रै बेलायत पुगिसक्नुपर्ने थियो । समयमै भिसा नआउँदा र बेलायत उडान नपाउँदा सन्दीपले टी–२० ब्लास्ट गुमाएका हुन् । नेपालबाट टी–२० ब्लास्टका लागि अनुबन्ध हुने सन्दीप पहिलो खेलाडी थिए । 

तेस्रो मुलुकमा क्वारेन्टिन बिताएर उनी बेलायत पुग्न जुन तेस्रो साता लाग्ने भएपछि उनलाई प्रतियोगिताबाट वर्सेस्टसायरले सहभागी नगराएको हो । ‘सन्दीपको भिसा र उडानमा समस्या भएकाले उनको स्थानमा न्युजिल्यान्डका लेग स्पिनर इस सोधीलाई राखेका छौँ,’ वर्सेस्टसायरका प्रमुख प्रशिक्षक एलेक्स गिडम्यानले डब्लुसिसिसीलाई भनेका छन् ।

 सन्दीले पनि शुक्रबार भिसा प्राप्त गरेपछि धेरै ढिलो भइसकेको भनी सामाजिक सन्जालमा पोस्ट गरेका थिए । उनले फेसबुक लाइभमा भिसा र पासपोर्टकै कारण समयमा बेलायत जान नपाउँदा टी–२० ब्लास्ट खेल्न नपाउने जनाएका थिए । टी–२० ब्लास्ट खेल्न नपाउँदा निराश भएको उनले बताएका थिए । 

सन्दीपको स्थान लिएका सोधी पूरै सिजन तथा खेलमा उपलब्ध हुने प्रशिक्षक एलेकले जनाए । सोधीले न्युजिल्यान्डबाट १७ टेस्ट, ३३ एकदिवसीय तथा ५७ टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । 

सन् २०१८ मा उनी आइसिसीको टी–२० बलिङ वरीयताको शीर्ष स्थानमा उक्लेका थिए । अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपको तुलनामा सोधी बढी अनुभवी भएकाले पनि रिप्लेसमेन्ट गरेको एलेक्सले जनाए । सोधीले इन्डियन प्रिमियर लिग, बिग बास तथा क्यारिबियन प्रिमियर लिगमा खेल्दै आएका छन् ।

एलेक्सले गत महिना सन्दीपलाई अनुबन्ध गर्न पाउँदा निकै खुसी लागेको बताएका थिए । एलेक्सले भनेका थिए, ‘सन्दीपले धेरै अन्तर्राष्ट्रिय खेल खेलेका छन्, विशेषतः फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा उसँग निकै राम्रो अनुभव छ, हाम्रो टोलीमा चाहिएको जस्तो र फरक किसिमको स्पिन बल गर्न सक्ने खेलाडीका रूपमा सन्दीप नै जस्तो लागेको छ, सन्दीपको आगमनले टोली ब्यालेन्स भएको जस्तो लाग्छ ।’ 

टी–२० ब्लास्ट पूर्ण रूपले गुमाएका सन्दीपले बेलायतमै आयोजना हुने क्रिकेटकै नयाँ संस्करणदर हन्ड्रेड बलमा भने सहभागी जनाउनेछन् । टी–२० ब्लास्टको ब्रेकमै बेलायतमा द हन्ड्रेड बल हुनेछ । यो प्रतियोगिता २२ जुलाईदेखि २१ अगस्टसम्म हुनेछ । सन्दीप द हन्डे«ड बलमा इन्भिन्सिबलमा आबद्ध छन् ।