मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी टोकियो
२०७८ जेठ २१ शुक्रबार ०७:५४:००
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

घाटा कम गर्न ग्राउन्डेड  विमानमा विवाहको अफर

Read Time : > 2 मिनेट
एजेन्सी टोकियो
२०७८ जेठ २१ शुक्रबार ०७:५४:००

कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि जापानका अधिकांश विमान कम्पनीका विमान ग्राउन्डेड छन् । ग्राउन्डेड भएपछि स्वाभाविक रूपमा कम्पनीलाई घाटा हुने नै भयो । यस्तो अवस्थामा विमानबाट कसरी आम्दानी गर्ने भनेर जापानको अल निप्पोन एयरलाइन्स (एएनए)ले जुक्ति निकालेको छ, ग्राउन्डेड विमानमा विवाह गर्ने अवसर । 

अल निप्पोन एयरलाइन्स जापानको सबैभन्दा ठूलो विमान कम्पनी हो । साना र ठूला गरी निप्पोन एयरलाइन्ससँग दुई सय ३९ विमान छन् । कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि जापान सरकारले विभिन्न सहरमा लकडाउन तथा संकटकाल लागू गरेको छ । जसका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लागेको छ र कम्पनीका सबैजसो विमान ग्राउन्डेड छन् । 

कम्पनीले टोकियो, ओसाका, हिरोसिमालगायत अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड रहेका साना तथा ठूला ग्राउन्डेड विमानमा सर्वसाधारणले विवाह गर्न सक्ने अफर सार्वजनिक गरेको हो । यो कम्पनीले विशेषगरी बोइङ ७७७ विमानमा समेत विवाह गर्न सक्ने अफर ल्याएको छ । कम्पनीले टोकियोस्थित हनेडा विमानस्थलमा मेको अन्तिम सातादेखि १३ जुनसम्म बोइङ ७७७ मा यस्तो सुविधा प्रदान गरेको छ । विमानस्थलभित्र विवाह कार्यक्रम भइरहँदा विशेष किसिमको बत्तीबाट मनोरन्जनसमेत प्रदान गरिने कम्पनीले जनाएको छ । नवविवाहित जोडीलाई विमानको विशेष क्याबिनमा राखिन्छ । ‘हामीले बोइङमा सबै किसिमको सुविधा दिएका छौँ,’ एएनएले भनेको छ, ‘रेस्टुरेन्टको जस्तै खाना सुविधा दिएका छौँ ।’

साना र ठूला गरी निप्पोन एयरलाइन्ससँग दुई सय ३९ विमान छन् । कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि जापान सरकारले विभिन्न सहरमा लकडाउन तथा संकटकाल लागू गरेको छ । जसका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लागेको छ र कम्पनीका सबैजसो विमान ग्राउन्डेड छन् । 

शुल्क १४ हजार दुई सय डलर
विमान कम्पनीले तीन घन्टाको विवाह उत्सवबाट १४ हजार दुई सय डलर शुल्क लिँदै आएको छ । साथै विमानभित्र हल्का पार्टी दिँदा नवविवाहित जोडीले थप तीन मिलियन यान तिर्नुपर्छ । मे र जुन महिनालाई जापानमा विवाह गर्ने उत्तम समय मानिन्छ । यहाँका धेरैजसो युवायुवती यही वेला वैवाहिक बन्धनमा बाँधिन रुचाउँछन् । 

जापान सरकारले भने लकडाउन र संकटकालका वेला वैवाहिकदेखि अन्य कार्यक्रम बृहत् रूपमा नगर्न आग्रह गरेको छ । विश्व स्वास्थ्य संगठन तथा सरकारले जारी गरेको प्रोटोकलअनुसार वैवाहिक कार्यक्रम गर्न निर्देशन दिएको छ । तर, ग्राउन्डेड अवस्थामा रहेका निप्पोन एयरलाइन्सका विमानमा यस्तो कार्यक्रम हुँदा भने सरकारले केही प्रतिक्रिया दिएको छैन । 

विमान कम्पनीले ग्राउन्डेड विमानबाट आम्दानी गर्ने उद्देश्यले यस्तो अफर प्रदान गरेको जनाएको छ । विमानभित्र अल्कोहल प्रयोग नगर्न भनिएको छ । कम्पनीले अफरको घोषणा गरेको केही घन्टामै एक जोडीले बुक गरेका थिए । २३ मेमा निप्पोन विमानको बिजनेस क्लासको डेकमा मामी मुराकामी जोडीको वैवाहिक उत्सव भएको थियो । वैवाहिक कार्यक्रममा विमानका क्याप्टेन र अन्य कर्मचारी सहभागी थिए । 

विवाह कार्यक्रमबाहेक थप रकम तिर्दा विमान कम्पनीले थप सुविधा दिने गरेको छ । कम्पनीले विमानभित्र खानादेखि रिसेप्सनसम्मको बन्दोबस्त गरेको छ । विमानभित्र पाहुनाले म्युजिकल कन्सर्टसमेत गर्न सक्छन् । जापानिज न्युज एजेन्सीहरूका अनुसार अहिलेसम्म २० जोडी निप्पोन एयरको विमानभित्र वैवाहिक बन्धनमा बाँधिसकेका छन् । ‘कोरोना भाइरसका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान भएको छैन, यस्तो समयमा घाटा सहनुपरेको छ । कम्पनीले यो समयसँग लड्न यस्तो अफर सार्वजनिक गरेको हो,’ एएनएले जनाएको छ, ‘विमानभित्रको वैवाहिक कार्यक्रम बिलकुल फरक अनुभव हुनेछ, सबैले यो अफर मन पराएका छन् ।’ 

कम्पनीले बोइङ ७७७ मार्फत यो अफर सार्वजनिक गर्दा सुरुमा त्यति नचल्ने अनुमान गरेको थियो । तर, तुलनात्मक रूपमा सस्तो मूल्यमा अफर ल्याएपछि युवायुवतीले आवेदन दिएको हुन सक्ने एएनएले जनाएको छ । ‘सुरुमा यो अफर नचल्ने हो कि जस्तो लागेको थियो, तर सोचेभन्दा राम्रो भयो,’ एएनएले भन्यो । 

निप्पोनको बोइङ ७७७ मा सुरुमै बुक गरेकी मामीले विमानभित्रको विवाहउत्सव निकै फरक भएको बताएकी छिन् । ‘यस्तो समयमा विवाह कार्यक्रम हुनु आफैँमा आश्चर्यजनक हो, अझ विमानभित्रै विवाह गर्न पाउँदा अति नै खुसी छु,’ उनले भनिन्, ‘मेरो विवाह एक उदाहरण नै भयो ।’