१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नागार्जुन नगरपालिका–१, रानीवनस्थित सुकुम्बासीहरूको पुनर्वासका लागि निर्मित भवनमा संक्रमितका लागि तयार पारिएको आइसोलेसन बेड ।
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार o९:२८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

अलपत्र सरकारी भवनमा तीन सय बेडको आइसोलेसन केन्द्र

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o९:२८:oo

काठमाडौंको नागार्जुन नगरपालिका–१, रानीवनमा रहेको प्रयोगविहीन भवनमा तीन सय बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टर तयार भएको छ । कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले समन्वय गरेर प्रयोगविहीन भवनमा आइसोलेसन सेन्टर बनाएका हुन् । 

हरेक कोठामा एउटा मात्रै बेड राखेर तीन सय बेडको सुविधायुक्त आइसोलेसनमा उपचार गराउने संक्रमितले कुनै पनि शुल्क तिर्नुपर्दैन । औषधि, खाना र स्वास्थ्य सुविधा निःशुल्क गर्ने व्यवस्था गरिएको छ । हाल आइसोलेसन सेन्टरमा एक सयवटा अक्सिजन सिलिन्डर उपलब्ध छन् । 

सहरी विकास मन्त्रालयले सुकुम्बासीहरूको पुनर्वासका लागि बनाएका भवन वर्षौंदेखि प्रयोगविहीन थिए । तिनै भवनलाई प्रयोग गरेर कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर तयार गरिएको नेता पौडेलले बताए । नागार्जुन नगरपालिका, सर्वांग अस्पताल र चार्टर्ड एकाउन्टेन्ट एसोसिएसनसँग सहकार्य गरेर आइसोलेसन सेन्टर तयार गरिएको र अब यसको सञ्चालनको जिम्मा पनि तिनै संस्थाहरूलाई लगाइएको उनले बताए ।

‘संक्रमण बढ्दो छ, गम्भीर प्रकृतिका बिरामीले अस्पतालका बेड भरिएका छन् । सामान्य अवस्थाका संक्रमितले अस्पतालबाहिर सिँढी र पेटीमा बसेर उपचार गराउनुपर्ने अवस्था छ,’ पौडेलले भने, ‘कम्तीमा नियमित स्वास्थ्यकर्मीको निगरानी र अक्सिजनको उपलब्धतासहितको आइसोलेसन बनाऔँ भनेर कोसिस गरेका छौँ ।’ 

उनले अर्बौँ रुपैयाँ लगानी भएको प्रयोगविहीन सरकारी भवनमा आइसोलेसन बनाइएकाले त्यसलाई दीर्घकालीन रूपमा सुविधायुक्त अस्पतालको रूपमा विकास गर्न सकिने बताए । ‘अहिले आइसोलेसन मात्रै हो, तर यसको निरन्तरता र प्रभावकारिताका लागि नगरपालिका, चार्टर्ड एकाउन्टेन्ट एसोसिएसन र सर्वांग अस्पताललाई नै जिम्मा दिन्छौँ,’ उनले भने, ‘भोलि योभन्दा संकट आयो भने यसलाई सुविधायुक्त अस्पताल नै बनाउन सकिन्छ ।’

आइसोलेसन सेन्टरमा अहिले विशेषज्ञ चिकित्सकीय सेवा छैन । तर, एम्बुलेन्स र साधारण स्वास्थ्य सेवा भने उपलब्ध छ । संक्रमितलाई नियमित स्वास्थ्य परामर्श र स्वस्थ तथा पोषणयुक्त खाना स्वास्थ्यकर्मीकै निगरानीमा उपलब्ध गराउने व्यवस्था गरिएको छ । अक्सिजन लेबल ९० भन्दा कम भएको अवस्थामा रिफर गर्ने तयारी छ । 

नेता पौडेलले देशभर यस्तै प्रयोगविहीन रहेका सरकारी भवनलाई तुरुन्तै आइसोलेसन र अस्पतालको रूपमा दिनसके संक्रमितले उपचार नै नपाएर मर्नुपर्ने अवस्था नआउने बताए । ‘यस्ता भवन धेरै ठाउँमा छन्, त्यस्ता भवनको उपभोग गर्ने हो भने धेरै संक्रमितको ज्यान बचाउन सकिन्छ, त्यसका लागि स्रोतसाधन भएको सरकारले इच्छाशक्ति देखाउनुपर्छ,’ उनले भने, ‘यस्ता कामका लागि निजी क्षेत्रलाई पनि म आग्रह गर्न चाहन्छु ।’

ad
ad