मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ चैत २४ मंगलबार
  • Monday, 14 July, 2025
एजेन्सी पेरिस
२o७७ चैत २४ मंगलबार १o:o७:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

तेस्रो लकडाउनसँगै  फ्रान्समा आइसियू अभाव

Read Time : > 1 मिनेट
एजेन्सी पेरिस
नयाँ पत्रिका पेरिस
२o७७ चैत २४ मंगलबार १o:o७:oo

फ्रान्समा तेस्रो लहरको कोरोन तीव्र गतिमा बढेको छ । गत साता बिहीबार राष्ट्रपति इम्यानुअल म्याक्रोँले लकडाउन घोषणा गरेका थिए । फ्रान्समा बेलुकाको ७ बजेदेखि बिहानको ६ बजेसम्म कर्फ्यु आदेश जारी छ । स्कुल तथा पसल बन्द नै छन् । हालै मात्र तेस्रो चरणको लकडाउन भए पनि फ्रान्सको समस्या जहाँको त्यहीँ नै छ । संक्रमित संख्याभन्दा पनि सरकारलाई अस्पतालमा गम्भीर बिरामी परेकालाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता छ । सरकारका अनुसार यति वेला फ्रान्समा आइसियूको माग सोचेको जस्तो छैन । 

आउँदा दिनमा गम्भीर संक्रमितलाई आइसियूमा राखेर कसरी उपचार गर्ने भन्ने प्रश्न सरकारसमक्ष तेर्सिएको छ । आइतबार एक सय ४५ जना बिरामीले मुस्किलले आइसियू बेड पाएका छन् । यसअघि, राष्ट्रपति म्याक्रोँले लकडाउनसँगै अस्पतालमा उपचारार्थ बेड अभाव नहुने प्रतिबद्धता जनाएका थिए । दुई दिनअघि पाँच हजार व्यक्ति आइसियूमा भर्ना भए । यो पछिल्लो पाँच महिनाभित्र एकै दिन आइसियूमा भर्ना भएका सबैभन्दा धेरै संक्रमित संख्या हो । 

राष्ट्रपति म्याक्रोँले लकडाउनका माध्यमबाट फ्रान्समा बढिरहेको संक्रमण नियन्त्रणमा आउने विश्वास गरेका छन् । यद्यपि, विभिन्न सहरको डाटा संकलन गर्दा उनको प्रतिबद्धता तथा विश्वास खेर जान सक्छ । 

युरोपको अवस्था नाजुक
जर्मनीका राष्ट्रपति फ्याक वाल्टर स्टेइन्मेएरले जनतालाई अवस्थाअनुसार निर्णय गर्न आग्रह गरेका छन् । जर्मन नागरिकलाई सकेसम्म भ्याक्सिन लगाउन अनुरोध राष्ट्रपति वाल्टरले गरेको बिबिसीले जनाएको छ । शनिबार राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै राष्ट्रपति वाल्टर जर्मनीमा तेस्रो लहरको कोरोना मध्यगतिमा सुरु भएको जानकारी दिएका छन् । ‘अहिले जर्मनीमा तेस्रो लहरको कोरोना चलिरहेको छ, यो मध्यगतिमै छ, सबैले बुद्धिमतापूर्वक काम गर्नुपर्छ,’ उनले भने । 

कोरोनाको पहिलो तथा दोस्रो लहरमा सबैबाट गल्ती भएको उनको भनाइ छ । राष्ट्रपति वाल्टर भन्छन्, ‘हामी सबैले यसबीचमा गल्ती गर्न पुगेका छौँ, विशेषतः कोरोनाको परीक्षण तथा भ्याक्सिन परिचालनमा गल्ती भएको देखिन्छ, मलाई थाहा छ, हामीसँग यतिवेला महामारीबाट निस्किन कुनै चाँदीको बुलेट छैन ।’  राष्ट्रपति वाल्टरले वर्तमान अवस्थामा राजनीतिक विवाद नगर्न आग्रह गरेका छन् ।