१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
एजेन्सी कराँची
२०७७ फाल्गुण २२ शनिबार २०:४९:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाए विश्वासको मत

Read Time : < 1 मिनेट
एजेन्सी कराँची
२०७७ फाल्गुण २२ शनिबार २०:४९:००

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शनिबार विश्वासको मत प्राप्त गरेका छन् । योसँगै खानले प्रधानमन्त्री पद रक्षा गरेका छन् । वित्तमन्त्री अब्दुल हफिज शेख सिनेटको चुनावमा पराजित भएपछि प्रधानमन्त्री खानले तल्लो सदनमा विश्वासको मत लिने निर्णय गरेका थिए । तीन सय ४२ सिटको नेशनल असेम्ब्लीमा विश्वास मत जित्न एक सय ७२ मत आवश्यकता थियो । 

जसमध्ये प्रधानमन्त्री खानले एक सय ७८ मत हात पारेका थिए । मतदातअघि नेशनल असेम्ब्लीमा विदेशमन्त्री मोहम्मद कुरैशीले सदनमा विश्वास मत प्रस्ताव गरेका थिए । मतदानमा सत्तारुढ गठबन्धनमा एक सय ८१ सदस्य थिए । विश्वास मत हासिल गरेपछि प्रधानमन्त्री खाने सदनमा ४५ मिनेट भाषण गरेका थिए । पाकिस्तानको विकासमा कसैले रोक्न नसक्ने उनको भनाइ छ । ‘पाकिस्तानको विकासमा कोही पनि बाधक बन्न सक्दैनन्, हामी विकास निर्माणकै बाटोमा हिडिरहेका छौँ,’ खानले भने । 

भोटिङ सुरु हुनअघि विपक्षी दलका नेताहरूले संसदमा हंगामा मचाएका थिए । सभामुखले भोटिङ प्रक्रिया सुरु हुन पाँच मिनेटअघि सवैलाई उपस्थित हुन अनुरोध गरेका थिए । प्रधानमन्त्री खानले कोटा भन्दा थप ६ मत बढी प्राप्त गरको थिए । ११ पार्टीको गठबन्धन रहेको डेमोक्रयाटिक मुभमेन्टन (पिडिएम) ले मतदान बहिस्कार गरेको द हिन्दुले जनाएको छ ।