१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण १५ शनिबार
  • Monday, 07 July, 2025
२o७७ फाल्गुण १५ शनिबार २२:२२:oo
Read Time : > 2 मिनेट
विश्व

साउदी राजकुमार सलमानले नै पत्रकार खसोग्गीलाई मार्न मञ्जुरी दिएको खुलासा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका वासिङ्टन
२o७७ फाल्गुण १५ शनिबार २२:२२:oo

२ अक्टोबर ०१८ को दिन वासिङ्टन पोस्टका लागि काम गर्ने साउदी अरेबियाका पत्रकार जमाल खसोग्गीको टर्कीको इस्तानबुलमा हत्या भएको थियो । इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा पत्रकार खसोग्गीको हत्या हुँदा विश्वव्यापी विरोध भएको थियो । पत्रकार खसोग्गीको हत्याको तीन वर्षपछि हालै सार्वजनिक भएको एउटा तथ्यले फेरि विश्व तरंगित बनेको छ । खसोग्गीको हत्या गर्न साउदी राजकुमार मोहमद बिन सलमानले नै मञ्जुरी दिएको खुुलासा भएको हो । 

अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले शुक्रबार चार पेज लामो रिपोर्ट जारी गर्दै पत्रकार खसोग्गीको हत्याको मञ्जुरी स्वयं राजकुमार सलमानले नै दिएको दाबी गरेको छ । साउदी अरेबियालाई खसोग्गी खतरा बनेको देखिएपछि उनको हत्या गरिएको अमेरिकाको दाबी छ । ‘राजकुमार सलमानले खसोग्गीलाई मार्ने वा कब्जा गर्ने योजना अनुमोदन गरेका थिए,’ बाइडेन प्रशासनले जारी गरेको प्रतिवेदनमा उल्लेख छ ।

साउदी अरेबियाद्वारा अस्वीकार
अमेरिकाको यो दाबीलाई साउदी अरेबियाले भने सीधै अस्वीकार गरेको छ । ‘यो बिल्कुलै नकारात्मक, गलत र अस्वीकार्य रिपोर्ट हो,’ साउदी अरेबियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

तीन वर्षअघि पत्रकार खसोग्गी इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासको भ्रमणमा थिए । त्यसैवेला उनी मारिएका थिए । यति मात्र नभएर उनको शरीर टुक्रा–टुक्रा पारेर बेपत्ता बनाइएको थियो । ५९ वर्षीय पत्रकार खसोग्गी साउदी अरेबियन सरकारको सल्लाहकार र राजपरिवारसँग पनि नजिक थिए । साउदी सरकार र राजपरिवारसँग सम्बन्ध बिग्रिएपछि उनी सन् ०१७ मा अमेरिकाको शरणमा गएका थिए । 

रिपोर्टमा के छ ?
पत्रकार खसोग्गीको हत्यापछि अमेरिकाको गुप्तचर विभागले यसको अनुसन्धान अगाडि बढाएको हो । अमेरिकी गुप्तचर निर्देशकले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा राजकुमार सलमान नै पत्रकारको हत्याका योजनाकार भएको उल्लेख छ । ‘हामी यो अनुमान लगाउन सक्छौँ कि साउदी अरेबियाका राजकुमार मोहमद बिन सलमानले इस्तानबुलमा रहेका पत्रकार खसोग्गीलाई मार्ने वा कब्जा गर्ने योजनालाई अनुमोदन गरेका थिए,’ प्रतिवेदनमा भनिएको छ, ‘राजकुमार सलमान साउदीमा निकै प्रभावशाली मानिन्छन् ।’ 

अमेरिकी गुप्तचर विभागले राजकुमार सलमानले पत्रकार खसोग्गीलाई हत्या वा कब्जा गर्नुका पछाडि तीन कारण मानेको छ । बुबा राजगद्दीमा विराजमान भए पनि राजकुमार सलमानले सन् २०१७ देखि प्रत्यक्ष रूपमा प्रशासन चलाउँदै आइरहेका थिए । उनले सबैजसो निर्णय एकल गरिरहेका थिए । सरकारका सल्लाहकार भएकाले यसबारेमा पत्रकार खसोग्गी सबै जानकार थिए । 

अर्को पक्ष भनेको खसोग्गी एक सल्लाहकारका साथै सुरक्षा अपरेसनमा पनि प्रत्यक्ष संलग्न थिए । साउदीमा हुने सबै किसिमका नराम्रो घटनाको सूक्ष्म रूपमा पत्रकार खसोग्गीले रिपोर्ट तयार पारेका थिए । साउदी सरकार र राजपरिवारका सबैजसो गोप्य पक्ष पत्रकार खसोग्गीले साउदी अरेबियाका शत्रुलाई सूचना बाँड्न सक्ने ठानेर हत्या गरिएको हुन सक्ने बाइडेन प्रशासनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अमेरिकी गुप्तचर विभागले हत्यामा संलग्न सबैसँग कुराकानी गरेको थियो । 

बदमास अपरेसन
साउदी सरकारका अधिकारीहरूले पत्रकारको हत्या उद्देश्य नरहेको स्पष्ट पारेका छन् । तीन वर्षअघि पत्रकार खसोग्गीलाई इस्तानबुलबाट फिर्ता ल्याउन मात्र एक टोली पठाइएको अधिकारीहरूको भनाइ छ । 

सोही टोलीले योजनाबाहिर काम गरेको दाबी उनीहरूको छ । उनीहरू भन्छन्, ‘हामीले इस्तानबुलमा एउटा टोली पठाएका थियौँ, जसको काम थियो, पत्रकार खसोग्गीलाई साउदीमा ल्याउनु । तर, पठाइएको एजेन्टको टोलीले ‘बदमास अपरेसन’ ग¥यो ।’ यस घटनामा संलग्न आरोपीलाई गत सेप्टेम्बरमा साउदीको एक अदालतले २० वर्ष जेल सजाय फैसला सुनाएको छ । यसमध्ये पाँच व्यक्तिलाई फाँसीको सजाय भएको छ । सन् २०१९ मा संयुक्त राष्ट्रसंघको एक रिपोर्टमा साउदीले पत्रकार खसोग्गीलाई जानाजान र पूर्वानुमान गरी देशनिकाला गरेको उल्लेख छ । 

अमेरिका–साउदीबीचको सम्बन्ध बिग्रने अनुमान
खसोग्गीको हत्यापछाडि राजकुमार सलमानको हात रहेको पुष्टि भए अमेरिका र मध्यपूर्वी एसियाकै शक्तिशाली राष्ट्र साउदी अरेबियाबीचको सम्बन्ध बिग्रन सक्ने अमेरिकन समाचार संस्थाहरूले अनुमान गरेका छन् । साउदीका राजा सलमान ८५ वर्षका भइसकेका छन् । अहिले अप्रत्यक्ष रूपमा साउदीको राजकाज राजकुमार सलमानले नै चलाइरहेका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी विन्केनले ‘खसोग्गी बान’ भन्ने नामबाट यात्रा गर्न प्रतिबन्ध लगाएका छन् । विदेशमन्त्री एन्टोनीले गम्भीरतापूर्वक पत्रकार खसोग्गीको हत्याको अनुसन्धान भएको बताएका छन् ।

उनले हस्तक्षेप गर्ने व्यक्तिलाई अमेरिकी भूमिमा प्रवेश निषेध गरिएको बताए । भन्छन्, ‘कुनै पनि विदेशी सरकारका तर्फबाट कथित असन्तुष्टहरूलाई निसाना बनाउनेलाई अमेरिकी भूमिमा पुग्न दिनु हुँदैन ।’ साउदी अरेबिया विश्वकै ठूलो तेल निर्यातकर्तामध्ये एक हो । मध्यपूर्वमा अमेरिका एक महŒवपूर्ण सहयोगीका रूपमा रहेको छ । पछिल्लो घटनाअनुसार अमेरिकी राष्ट्रपति बाइडेनले साउदी अरेबियाका मानवअधिकार र कानुनी शासनसम्बन्धी कडा आलोचना गरेका छन् । मध्यपूर्व एसियामा बाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा फरक किसिमले सम्बन्ध राख्न सक्ने विश्वास गरिएको छ ।
–एजेन्सीको सहयोगमा