दक्षिण भारतमा भएको सवारी दुर्घटनामा चौधजनाको मृत्यु

आइतबार, २ फागुन, २०७७
डिजिटल संस्करण

भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा आइतबार बिहान भएको सवारी दुर्घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । भ्यान ट्रकसँग ठोक्किँदा भएको घटनामा चारजना घाइते भएका स्थानीय स्रोतले जानकारी दिएको छ।

मृत्यु भएकामध्ये आठजना महिला छन् । घाइते सबै बालबालिका रहेकाे समाचारमा जनाइएको छ । 

प्रहरीका अनुसार दुर्घटना कुर्नुल जिल्लाको मदारपुरम गाउँनजिकै भएको हो । घाइतेहरूलाई उपचारार्थ सरकारी अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएको छ । 
 

सुझावित समाचार