मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रासस/सिन्ह्वा बेइजिङ
२०७७ माघ १५ बिहीबार १६:४८:००
Read Time : > 1 मिनेट
विश्व

बेइजिङमा नागरिकलाई बिदा मनाउन बाहिर ननिस्किन आग्रह

Read Time : > 1 मिनेट
रासस/सिन्ह्वा बेइजिङ
२०७७ माघ १५ बिहीबार १६:४८:००

चीनमा कोरोना भाइरसका नयाँ संक्रमितहरू प्रत्येक दिनजसो भेटिन थालेपछि अधिकारीहरूले बेइजिङ सहरमा बाहिर ननिस्किन भनेका छन् । बेइजिङ सहरका अधिकारीले चीनमा हाल मनाइने ‘स्प्रिङ फेस्टिभल’को बिदा मनाउन एकैपटक ठूलो संख्यामा बाहिर ननिस्किन नागरिकलाई आग्रह गरेका छन् ।

हाल चीन सरकारले यहाँ उक्त पर्वका लागि बिदा दिएको छ । यस समयमा सरकारी कार्यालयहरू पनि बिदा हुने भएकोले ठूलो संख्याका मानिस यो पर्व मनाउन जम्मा हुने गरेका छन् । यो पर्वमा चीनमा विदेश गएका नागरिक पनि घर फर्किने र ठूलो संख्यामा विभिन्न स्थानमा परिवारका साथमा गएर बिदा मनाउने गरेका हुन्छन् ।

तर, यहाँका स्वास्थ्य अधिकारीहरूले भने चीनमा दिन प्रतिदिन कोरोना भाइरसका संक्रमितहरू भेटिएको जानकारी गराएका छन् । चीनको राजधानी सहर बेइजिङका नगरपालिका अधिकारीले बेइजिङमा अनावश्यक रूपमा बाहिर ननिस्किन भनेका हुन् । उनले पछिल्ला केही दिनहरूमा चीनका बेइजिङसहितका अरू पनि विभिन्न सहरमा कोरोना भाइरसको प्रभाव फेरि पनि देखिन थालेकोले बिदा मनाउने क्रममा बाहिर ननिस्किन र ठूलो संख्यामा उपस्थित नहुन आग्रह गरेका हुन् ।

कोरोना भाइरसको संक्रमण चीनको वुहान सहरबाट गत वर्षको डिसेम्बरमा निस्किएको बताइएको थियो । यो भाइरस संसारका देशहरूमा पुगिसकेको छ । चीनले भने ६ महिनाभन्दा अघि नै यहाँ यो भाइरस नियन्त्रणमा लिएको जनाएको थियो । तर, पछिल्ला दिनहरूमा भने यहाँ फेरि यसका संक्रमितहरू देखिन थालेका चीन सरकारले जनाएको छ ।

चिनियाँ अधिकारीहरूका अनुसार बुधबार मात्र चीनमा कोरोना भाइरस ५४ जनामा नयाँ संक्रमण देखिएको हो । तीमध्ये थप ४१ जना स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए । त्यस्तै अरू संक्रमित भने बाहिरबाट आएका नागरिकमा पाइएको थियो ।  

चीनको नेसनल हेल्थ कमिसनले दिएको जानकारीअनुसार चीनमा पछिल्ला केही दिनमा विभिन्न सहरमा नयाँनयाँ संक्रमित भेटिएका छन् । यहाँका स्थानीय नागरिकहरूबाटै ती  व्यक्ति संक्रमित भएका पाइएको समाचारमा जनाइएको छ । सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तीव्रता दिएको जनाएको छ ।