Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
एजेन्सी वासिङ्टन
२०७७ माघ ८ बिहीबार १४:३३:००
Read Time : < 1 मिनेट
विश्व

राष्ट्रपति बनेलगत्तै जो बाइडेनले ट्रम्प प्रशासनका केही नीति उल्टाइदिए 

Read Time : < 1 मिनेट
एजेन्सी वासिङ्टन
२०७७ माघ ८ बिहीबार १४:३३:००

अमेरिकी राष्ट्रपति पदको शपथग्रहण गरेलगत्तै जो बाइडेनले निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएका केही नीति उल्टाइदिएका छन् । उनले पहिलो दिनमै १५ वटा निर्णयमा हस्ताक्षर गरेका छन् । ती निर्णयहरू कोरोना भाइरस महामारी नियन्त्रण, जलवायु परिर्वतन र गैरआवासीयसँग सम्बन्धित छन् । 

शपथग्रहणपछि उनले एक ट्विट गरेका थिए । जसमा उनले ... हाम्रा अघिल्तिर भएका संकट समाधान गर्नु छ । समय बर्बाद गर्ने हामीसँग समय छैन... भनी लेखेका थिए । उनले यी १५ निर्यायमध्ये पनि कोभिड नियन्त्रण, आर्थिक संकटको अन्त्य र जलवायु संकट समाधानलाई जोड दिने बताएका छन् । 

बाइडेनले बुधबार आयोजित एक विशेष कार्यक्रममा अमेरिकाको ४६औँ राष्ट्रपतिको रूपमा शपथग्रहण गरेका थिए । सो कार्यक्रममा निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प सामेल नभए पनि पूर्वराष्ट्रपतिहरू बाराक ओबामा, बिल क्लिन्टन र जर्ज डब्ल्यू बुसको उपस्थिति थियो । साथै, ट्रम्प प्रशासनका उपराष्ट्रपति माइक पेन्स पनि शपथग्रहण कार्यक्रममा सहभागी थिए ।